फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी मुख्यालयमा कार्यरत् एक प्रहरी अधिकारीले छुरा प्रहार गरी उनका चारजना सहकर्मीको ज्यान लिएका छन् ।
घटना स्थानीय समय अनुसार बिहीवार दिउँसो १ बजे प्रहरी भवनको चोकमा भएको बताइएको छ । आक्रमणकारीलाई पनि प्रहरीले गोली हानी मारिदिएको फ्रान्सिसी समाचार संस्था एएफपीले जनाएको छ।
हमलाकारी मुख्यालयभित्र प्रशासनमा काम गर्ने बताइए पनि उनको नाम सार्वजनिक गरिएको छैन । हमलाको कारण बारे अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।
फ्रान्सका प्रधानमन्त्री तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री घटनास्थलको अवलोकन गरेका छन् । घटनास्थल प्रसिद्ध पर्यटनस्थल नोट्र डाम कथिड्रलनजिकै रहेको छ ।
फ्रान्समा प्रहरी अधिकारीमाथि हिंसा बढिरहेको र आत्महत्याको घटना बढिरहेको भन्दै फ्रान्सिसी प्रहरीले बुधबार मात्र हड्ताल गरेको थियो । त्यसको अर्को दिन घटना भएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया