ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार २४ प्रान्तमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
देशको राष्ट्रपति बन्नका लागि ट्युनिसियामा अहिले २६ जना नेता चुनावी मैदानमा रहेको आयोगको भनाई छ । आइतबारको निर्वाचनमा ७० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । ट्युनिसियामा सन् २०११ देखि अहिले दोस्रो पटक राष्ट्रपतीय निर्वाचन हुन लागेको हो ।
यसैबीच, पूर्व राष्ट्रपति स्वर्गीय बेजी सैड इस्सेब्सीकी श्रीमती चाड्लिया फार्रात इस्सेब्सीको निधन भएको छ । विभिन्न स्वास्थ्य समस्याका कारण उहाँको आइतबार निधन भएको स्वास्थ्य परिवारजनले जानकारी दिएका छन् ।
नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेकै दिन पूर्व राष्ट्रपतिकी पत्नी इस्सेब्सीको ९२ वर्षको उमेरमा निधन भएको हो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया