गैरआवासीय नेपाली संघ र पत्रकारिताको आवरणमा वेलायतमा चन्दा आतंक मच्चाउँदै आएका एनआरएनए युकेका उपमहासचिव विनय अधिकारीका कारण संस्था नै बदनाम हुन पुगेको छ ।
आफूलाई एपी वन टेलिभिजनको अन्तर्राष्ट्रिय ब्यूरो चिफ, न्यूज ट्वान्टी फोरको प्रबन्धक बताउँदै आएका अधिकारी केही महिनाअघि मानव तस्करी र अवैध आर्थिक कारोबारको अभियोगमा अबुधाबीमा पक्राउ परेका थिए ।
वेलायतमा बस्दैआएका उनीसँग काम गर्ने अनुमति नै नभएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । तर पनि उनी आफूलाई यूनिभर्सिटी एडमिसन नेटवर्कको सीइओको रुपमा परिचय दिँदै कन्सल्ट्यान्टको रुपमा काम गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ केन्द्रीय समितिको अनुमति र सल्लाहबिनै ठूलै आर्थिक चलखेल गरी पत्रकारिताको आवरणमा एपीवनका प्रधानसम्पादक टीकाराम यात्री, नेपाल प्रेस यूनियनका अध्यक्ष बद्रि सिग्देल, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टलाई वेलायत बोलाएर कार्यक्रम गर्न एनआरएनलाई भजाएका थिए ।
एनआरएनको बारेमा अन्तरक्रिया गर्दा वक्ताको रुपमा भाग लिन दिन्छु भन्दै उनले २१ हजार पौण्ड जम्मा गरेका थिए । नेपाल पत्रकार महासंघ वेलायतको सदस्य हुनसमेत अयोग्य ठहरिएका अधिकारीको गतिविधि बुझेर एपी वनका प्रधान सम्पादक यात्री धेरै कार्यक्रममा सहभागी नै भएनन् ।
डिजिटल यूकेको नाममा संस्थाबाट पैसा लिएर उनले अहिलेसम्म एनआरएनका गतिविधि डिजिटलाइज गर्न सकेका छैनन् । उनलाई यस प्रकरणमा जोगाउन एनआरएनए वेलायतका अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी र पूर्वअध्यक्ष योगेन छेत्री हरसम्भव प्रयत्न गरेको आरोप कार्यसमितिकै सदस्यले लगाएका छन् । यस सम्बन्धमा बुझ्न खोज्दा उनीहरु सम्पर्कमा आउँन चाहेनन् ।
आरोपी अधिकारी आइसिसी सचिवमा उठ्ने तयारीका साथ लागेका छन् । पत्रकारिताको नाममा चन्दा उठाएर हैरान पारेका र अवैध आर्थिक गतिविधिमा संलग्न व्यक्तिले समाज बनाउँछु भनेर हिँड्दा संस्थाको गरीमा कहाँ पुग्ला ? नेपाल पत्रकार महासंघ युकेका सदस्यहरू नै यो प्रश्न गरिरहेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया