नेपालले तिब्बतीमूलका एक अमेरिकी नागरिकलाई उनकै देश फर्काइ दिएकोमा स्विट्जरल्याण्डको राजधानी जेनेभामा विरोध प्रदर्शन गरिएको छ । जेनेभाको विरोध प्रर्दशनस्थल भाँचिएको कुर्सी भएको ठाउँसँगै विरोध प्रदर्शन आयोजना गरिएको हो ।
विरोध प्रदर्शन स्विटजरल्याण्डमा निर्वासित जीवन बिताइरहेका स्वतन्त्र तिब्बतका पक्षधरहरूको अगुवाईमा आयोजना गरिएको थियो ।
विरोध प्रदर्शनमा तिब्बत र स्विट्जरल्याण्डको झण्डा बोकेका प्रदर्शनकारीहरूको सहभागिता थियो । उनीहरूले नेपालको लिएको एक चीन नीतिको चर्को विरोध गर्दै तिब्वतको स्वतन्त्रता आन्दोलनलाई दबाउन चीनको मतियार भएको आरोप लगाए ।
उनीहरूले तिब्बतीमूलकै भएका कारण अमेरिकी नागरिकलाई समेत नेपाल छिर्न नदिएको बताउँदै यस घटनालाई मानवअधिकारको चरम उलंघन भएको घटनाका रूपमा लिनुपर्ने आग्रह गरे ।
गत शनिबार नेपाल आएका तिब्बतीमूलका अमेरिकी नागरिक पेन्पा छिरिङलाई एक निर्वासित तिब्बती नेता ठानेर नेपालले त्रिभुवन विमास्थलबाटै अमेरिका फिर्ता गरिदिएको थियो । भारतको धर्मशालास्थित दलाई लामाको निर्वासित सरकारका सभामुखको नाम पनि पेन्पा छिरङ नै हो । उनलाई चीनको अनुरोधमा नेपालमा ब्ल्याक लिष्टमा राखिएको छ। नेपालको अध्यागमनले अमेरिकी नागरिक छिरिङलाई तिब्बती नेता छिरिङ सम्झेर विमानस्थलमै नियन्त्रणमा लिई अमेरिका फिर्ता गरेको थियो । जतिबेला नेपालले पक्राउ गरेको भनिएका छिरिङ भने भारतको धर्मशालामै थिए ।
नेपालले तिब्वतीमूलका अमेरिकी नागरिकलाई अमेरिका फिर्ता पठाइ दिएकोमा नेपालसँग अमेरिका रूष्ट भएको छ । काठमाडौंस्थित अमेरिकी राजदूताबासले औपचारिक रूपमै नेपाल सरकारसँग घटनाको पूर्ण विवरण मागेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया