बेलायतकी महारानी भन्छिन ‘साझा विन्दु खोजौं'

PHOTO BY: AP

ब्रेक्जिटले ल्याएको व्यापक विभाजनलाई मध्येनजर गर्दै बेलायती महारानी एलिजावेथ द्वित्तीयले महारानी एलिजावेथ द्वित्तीयले सबै बेलायती एक भएर ‘साझा विन्दुको खोजी गर्न’ आग्रह गरेकी छन।

महारानीले आफू राजकुमारी नै रहेका समय सन् १९४३ मा सम्लग्न एक संस्था (विमिन इन्स्टिच्युट) का सदस्यहरू सहभागी कार्यक्रमलाई सम्बोधन गर्न इङ्ल्याण्ड नजिकै रहेको सान्ड्रिङघमा बिहीबार राति उक्त धारणा व्यक्त गरेकी हुन। “पक्कैपनि हरेक पुस्ताले नयाँ चुनौति र अवसरको सामाना गर्छ।”

उनले अगाडी भनिन “नयाँ युगमा यसको नयाँ सम्भावनाहरूको खोजीगरिरहेका हामीबीच मैले अनुभुत र परीक्षण भएका नियम खोज्नुपर्ने विकल्पको खोजी गर्नुपर्ने देख्छु, जसले फरक फरक विचारलाई आपसमा सम्मान गर्नसक्छ, आवाज राख्न सक्छ, र एकसाथ साझा विन्दुको खोजी गर्ने र ठूलो तस्वीरको दृष्यका लागि नजरलाई नै गुमाउने छैनौ।”

महारानीको उक्त आग्रहलाई ब्रेक्जिटले ल्याएको व्यापक विभाजनलाई कम गर्न उहाँबाट उक्त सुझाव आएको अनुमान विश्लेषकहरूले गरेका छन्।

प्रधानमन्त्री टरिजा मे सरकारका मन्त्रीहरूले तत्कालै ९२–बर्षीय महारानीकोको आशय ब्रेक्जिट सम्बन्धमा देखिएका दुःखद विभाजनलाई साम्य पारेर अघि बढ्न गरिएको अनुरोध भएको भनी अथ्र्याएका छन्।
 
बहिर्गमनको मिति जम्मा दुई महिना रहँदा बेलायतले ब्रेक्जिटपछिको वातावरण सम्बन्धमा कुनै ठोस निष्कर्ष निकाल्न नसकिरहेका समय केही सांसदहरूले महारानीको भूमिकाबाट यसलाई सहज पार्न आग्रह गरिरहेका समय उनको यो भनाई आएको हो।

“मलाई लाग्छ महारानीको सन्देशमा व्यापक ज्ञानका कुरा छन्,” बेलायती अर्थमन्त्री फिलिप ह्यामण्डले बीबीसी रेडियोसँगको कुराकानीमा बताए  “शताव्दिऔँदेखिको हाम्रो असाधारण शक्तिका कारण हामीले राष्ट्रिय एकताका लागि विकल्पहरू दिन सकेका छौँ,” ह्यामण्डले थपेका छन।

 

प्रकाशित मिति: : 2019-01-25 22:09:47

प्रतिकृया दिनुहोस्