इङ्लिस प्रिमियर लिग फुटबलको बलियो टोली टोट्टनहामलाई लेस्टर सिटीको झट्का लागेको छ । लेस्टरका घरेलु मैदानमा शनिबार बेलुका भएको खेलमा लेस्टरले टोट्टनहामलाइ २–१ गोलले हराएको हो ।
लेस्टरको जितमा जेम्स मेडिसन र रिकार्डो पेरेराले समान एकएक गोल गरेका थिए ।टोटनहृयामका लागि भने एक मात्रै गोल ह्यारी केनले गोल गरेका थिए । खेलको २९औं मिनेटमा केनले गोल गर्दै टोट्टनहामलाई अग्रता दिलाएका थिए । उनकै गोल मार्फत टोटनह्यामले पहिलो हाफसम्म १–०को अग्रता बनाएको थियो ।
तर दोस्रो हाफमा लेस्टर खेलमा फर्कियो ।उसका लागि पेरेराले खेलको ६९ औं मिनेटमा पेरेराले बराबरी गोल गरे ।त्यसपछि निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी छँदा मेडिसनले गोल गर्दै घरेलु टोलीलाई ३ अंक दिलाएका छन् ।
जितसँगै लेस्टरले ६ खेलबाट ११ अंक बनाएको छ । टोट्टनहामको समान खेलबाट आठ अंक छ । जारी लिगमा अपराजित रहेको लिभरपुल १५ अंकका साथ शीर्ष स्थानमा छ भने १० अंक जोडेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा झरेको छ । सिटीले आजै हुने खेलमा जित हात पारे फेरि दोस्रो स्थानमा स्थान बनाउने छ
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया