सामुन्द्रीक आँधीबाट कसरी बच्च्ने?

सनल हुरेकन सेन्टर

उत्तरी अमेरिकाको महाद्विप पश्चिमी गोलार्धमा अवस्थित संयुक्त राज्य अमेरिका विश्वको चौथो सबैभन्दा ठूलो देश हो।

अलास्का र हवाईसहित यसको कुल क्षेत्रफल ९६ लाख २९ हजार ९१ वर्ग किमी (३,७१७,८१३ वर्ग माइल) छ।

उत्तरी अमेरिकाको ठूलो भाग ओगटेको यो मुलुक पचास राज्यहरू मिलेर बनेको छ। जुन अलास्का र प्रशान्त महासागरको उत्तरपश्चिममा फैलिएको छ।

उत्तर अमेरिका, अफ़्रिका तथा एसिया पछि विश्वको तेस्रो ठूलो महाद्विप हो। यो महाद्विप पश्चिममा प्रशान्त महासागर, पूर्व तथा दक्षिणमा अटलान्टिक महासागर र उत्तरमा आर्कटिक महासागरले घेरिएको छ।

अमेरिकामा वर्षेनी सामुन्द्रीक आँधीका कारण लाखौको धन जनको क्षति हुनेगरेको छ।

सामुन्द्रीक आँधी आउनु पूर्व नै समुन्द्री तटीय भूभागलगायत आँधीको प्रभाव पर्नसक्ने राज्य र क्षेत्रमा बसोबास गर्ने मान्छेलाई अन्यन्त्र सुरक्षित स्थानमा जान हुरेकन केन्द्रले नागरिकहरुलाई सार्वजनिक सूचना जारी गर्दै सचेत गराउँछ।

यसै प्रसंगमा हुरेकन (सामुन्द्रीक आँधी) बाट बच्न अपनाउनुपर्ने केही टिप्स यहाँ प्रस्तुत गरिएको छ।

हुरेकन एउटा ठूलो सामुन्द्रीक आँधी हो जुन समुन्द्रको तातो पानीमा बन्छ र समतल भूभागतर्फ फैलन्छ। हुरेकनमा शक्तिशाली हावा, मुसलधारे वर्षा, सामुन्द्रीक बाढी, आधी तथा भूःस्खलन हुने जस्ता मौसमी गतिबिधि देखिन्छ्न्।

एटलान्टिक महासागरमा आँधीको मौसम अमेरिकामा १ जून बाट ३० नोभेम्वरसम्म हुन्छ भने प्रशान्त महासागरमा आँधीको मौसम १५ मे बाट ३० नोभेम्वरसम्म हुन्छ।

सामन्यतया हुरेकन:

  • कुनै पनि अमेरिकी तट वा एटलान्टिक वा प्रशांत महासागर कुनै पनि क्षेत्रमा हुनसक्छ।
  • १०० मील भन्दा टाढाका क्षेत्रहरूलाई असर गर्न सक्छ।
  • हुरेकन सेप्टेम्बरमा धेरै सक्रिय हुन्छ।
  • यती बेला तपाईं हुरेकनको चेतावनी स्थलमा हुनुहुन्छ भने तुरून्त सुरक्षित स्थानमा जानुहोस्
  • उच्च हावा र बाढीबाट आफूलाई कसरी सुरक्षित राख्ने भन्ने पत्ता लगाउनुहोस्।
  • सुरक्षित स्थानको खोजी गर्न जानकारी प्राप्त भए त्यही मुताविक आफ्नो स्थान छोडनुहोस्।
  • उच्च हावाबाट बच्च्न आफ्नो काउन्टीले तोकिदिएको सेल्टर वा सुरक्षित बासस्थानमा बस्नुहोस्।
  • आपतकालिन् जानकारीहरू तथा अलर्ट सुन्ने गर्नुहोस्।
  • जेनेरेटरलाई झ्यालबाट टाढा राखेर मात्र जेनेरेटरको प्रयोग गर्नुहोस्।

हुरेकनका लागि पूर्वतयारी:

  • तपाईंको क्षेत्रमा हुनसक्ने हुरेकेनको जोखिमका बारेमा थाहा पाउनुहोस्।
  • समुदायबाट प्राप्त सूचना वा अलर्ट या आपतकालिन चेतावनी प्रणालीका लागि साइन अप गर्नुहोस्। आपतकालीन चेतावनी प्रणाली (ईएएस) र राष्ट्रिय महासागर र वायुमण्डलीय प्रशासन (NOAA) मौसम रेडियोले आपतकालीन अलर्टहरू पनि उपलब्ध गराउँछ।
  • यदि तपाईं बाढीको लागि जोखिममा हुनुहुन्छ भने, चेतावनी चिन्हहरूमा ध्यान दिनुहोस् जस्तै भारी वर्षाको चिन्ह।
  • सुरक्षित कोठा वा आईसीसी ५०० स्टोर्म सेल्टरमा आश्रय लिनुहोस्। अर्को राम्रो सुरक्षित स्थान हो बाढीको जोखिम नभएको घरको भुई तलाको बेसमेन्टमा बस्ने।
  • तपाईंको बासस्थान र सामुदायिक योजनाहरूको आधारमा, अर्को सुरक्षित स्थानमा स्थानान्तरण वा आवासका लागि आफ्नो योजना बनाउनुहोस्।
  • तपाईंको स्थानान्तरण हुने क्षेत्र, जाने बाटो, र आश्रय स्थानहरूसँग परिचित हुनुहोस्।
  • कम्तीमा तीन दिनको लागि आवश्यक सामाग्रीहरुको जोहो गर्नुहोस, आपूर्तिहरू मिलाउनुहोस्। औषधिसहित प्रत्येक व्यक्तिको विशिष्ट आवश्यकतालाई ध्यानमा राख्नुहोस्। घरेलु जनावरहरूको आवश्यकता लाई नबिर्सनुहोस्।
  • जरूरि कागजातहरू सुरक्षित स्थानमा राख्नुहोस् वा पासवर्ड सुरक्षित गरिएको डिजिटल प्रतिलिपिहरू सिर्जना गर्नुहोस्।
  • आफ्नो सम्पत्ति सुरक्षित गर्नुहोस्। घरमा पानी निकास हुने स्थान सफा गर्नुहोस्। घर भित्रका धारामा चेक भल्वहरु खराव भए चालु अवस्थामा राख्नु होस्।
  • हुरेकन सेल्टरहरुका बारेमा सोच विचार गर्नुहोस्। घरको र अन्य सम्पत्तिको बीमा नीतिहरू समीक्षा गर्नुहोस्।

हुरेकन आउन ३६ घन्टा बाकी रहदा गर्नु पर्ने तयारी:

  • बदलिदो मौसमको अपडेटहरु र आपातकालीन निर्देशनहरू प्राप्त गर्न टेलिभिजन वा रेडियो खोल्नुहोस्।
  • आकस्मिक तयारी सामाग्रीहरु कम्तीमा तीन दिनका लागि पुग्ने खाना र पानी, औषधि, टर्चलाइट, ब्याट्री, नगद र फर्स्ट एड सामाग्रीहरुको ब्यवस्था गर्नुहोस्।
  • यदि तपाईंले बत्ती गुमाउनुपर्ने अवस्था भयो भने परिवारका सदस्यसँग सम्पर्क गर्ने उपायको खोजी गर्नुहोस्। उदाहरणका लागि, फोन गर्ने, टेक्स, इमेल वा सामाजिक सञ्जालको प्रयोग गर्न सक्नुहुनेछ। याद गर्नुहोस् आपतकालिन अवस्थाको समयमा फोन कल वा ईमेलभन्दा टेक्समार्फत सन्देशहरू पठाउँदा प्राय: छिटो र भरपर्दो हुन्छ।
  • तपाईंको स्थान्तरणको निकासी क्षेत्र, निकासी मार्ग र आश्रय स्थानहरूको समीक्षा गर्नुहोस्। यसका लागि परिवारका साथ योजना बनाउनुहोस्। तपाईंले आफू बसेको स्थान तुरून्त छाड्नुपर्ने हुनसक्छ, त्यसैले अगाडि नै योजना बनाउनुहोस्।
  • तपाईंको कारलाई राम्रो सञ्चालनको अवस्थामा राख्नुहोस् र कारको ग्याँस ट्यांकमा पुरा ग्याँस भर्नुहोस्। गाडीमा आपतकालिन आपूर्तिका सामाग्रीहरु आवस्यक लुगाहरू राख्नुहोस्।

हुरेकन आउनु १८ देखि ३६ घन्टा बिच गर्नुपर्ने तयारी:

  • आफ्नो काउन्टी वा शहरको वेवसाईटलाई बुकमार्क गर्नुहोस् ताकि आपतकालिन सूचनाहरु तुरून्त जानकारी पाउन सकियोस्।
  • घर बाहिर प्याटियोमा भएका सामानहरु जस्तै हल्का फर्निचर प्रोपेन ग्याँसलाई घर भित्र सुरक्षित राख्नुहोस्। त्यस्तै, घर छेउका रूखका साना हाँगालाई छाँटेर घरलाई सुरक्षित बनाउनु होस्।
  • घरका सबै झ्यालहरू सुरक्षित रुपले छोप्नुहोस्। स्थायी स्टोर्म सर्टरले झ्यालहरूलाई सबैभन्दा राम्रो सुरक्षा प्रदान गर्छ। दोस्रो विकल्पका रुपमा तोकिएको नमूना अनुसारको म्यारीन प्लाईवुडले झ्यालहरुको सुरक्षा गर्न सकिनेछ।

हुरेकन आउन ६ देखि १८ घन्टा बिच गर्नुपर्ने तयारी:

  • प्रत्येक तीस मिनेटमा रेडियो वा टिभि खोल्नुहोस्, आफ्नो काउन्टीको वेवसाईट हेर्ने गर्नुहोस् र आपतकालिन अवस्थाको जानकारी लिने गर्नुहोस्।
  • घरका परिवारसँग भएको सबै सेल फोनहरु पूर्ण रूपमा चार्ज गर्नुहोस्।

हुरेकन आउन ६ घन्टा बाँकि रहँदा गर्नुपर्ने तयारी:

  • यदि तपाईं हुरेकनको चेतावनी भएको स्थानमा हुनुहुन्न वा बसोबास गरेको स्थान छाडनुपर्ने सूचना छैन भने तपाईं जहाँ भए पनि आफ्नो परिवारसँग सम्पर्क गरी आफू भएको स्थानको जानकारी दिनुहोस्।
  • आफ्नो स्टोर्म ढोका बन्द गर्नुहोस् र झ्यालबाट टाढा बस्नुहोस्। हावाको बेगले झ्याल फुटाएर शिशाका टुक्राहरुले नोक्सानी गर्न सक्छ्, सावधान हुनुहोस्।
  • घरको फ्रीजलाई अधिक चिस्यानमा राख्नु होस ताकी बत्ती गएपछी खाने कुराहरुलाई सुरक्षा प्रदान गर्न सकियोस्।
  • प्रत्येक तीस मिनेटमा रेडियो वा टिभि खोल्नुहोस्, आफ्नो काउन्टीको वेबसाईट हेर्ने गर्नुहोस् र आपतकालिन अवस्थाको जानकारी लिने गर्नुहोस्।

पहिले आफू बाच्ने प्रयास गर्नुहोस्:

  • यदि स्थान खाली गर्न सूचना आयो भने, तुरून्तै स्थान खाली गर्नुहोस्। निषेधित क्षेत्रको आसपास गाडी ड्राईभ नगर्नुहोस्।
  • उच्च हावाको अवस्थामा आश्रय लिनु भएको भए सुरक्षित कोठा वा सानो, आन्तरिक, झ्यालहिन कोठा वा हल वे वा घरको सबैभन्दा तल्लो तलाको बेसमेन्ट जहाँ बाढी पस्न सक्ने खतरा हुँदैन, त्यहाँ आश्रय लिनुहोस्।
  • बाढीले घरको भुई डुबेको छ भने, घरको माथिल्लो तलामा जानुहोस्।
  • वर्तमान आपतकालिन जानकारी र निर्देशनहरू सुन्दै गर्नुहोस्।
  • जेनेरेटर वा अन्य ग्याँसबाट सञ्चालित मेशिनहरु घर बाहिर झ्यालबाट टाढा राखेर मात्र प्रयोग गर्नुहोस्।
  • बाढीको पानीमा हिँड्ने, पौडने वा गाडी चलाउने नगर्नुहोस्।
  • पुलमाथि द्रूत गतिमा बगेको पानीबाट सावधान हुनुहोस्, पुलको छेउछाउ नजानुहोस्।

यसपछि सुरक्षित रहनुहोस्:

  • जानकारी र विशेष निर्देशनका लागि अधिकारीहरूको सल्लाह सुन्नुहोस्।
  • सफाईको बेला सावधान रहनुहोस्। सुरक्षात्मक कपडा लगाउँनुहोस र अरू कोहीसँग संयुक्त काम गर्नुहोस्।
  • लुगा चिसो छ वा तपाईं पानीमा उभिनु भएको छ भने बिजुलीका उपकरण नछुनुहोस्। यदि तपाईं सुरक्षित हुनुहुन्छ भने बिजुलीको स्वीच बन्द गर्नु होस वा बिजुलीको झट्का रोक्न मुख्य ब्रेकर वा फ्यूज बक्सलाई बन्द गर्नुहोस्।
  • बाढीले बगाएका सामाग्रीबाट टाढा रहनुहोस्, बगाएका सामाग्रीबाट चोट लाग्न सक्छ भने भूमिगत बिजुलीको तारबाट करेन्ट लाग्न सक्छ।
  • आपतकालिन स्थितिका लागि फोन कलहरू बचत गर्नुहोस्। फोन प्रणाली अक्सर विपत्ति पछि नचल्ने वा व्यस्त हुने हुन्छन्। परिवार र साथीसँग कुराकानी गर्न टेक्स सन्देशहरू वा सोशल मिडिया प्रयोग गर्नुहोस्।
  • सम्पत्तिको क्षति भएमा तस्विरहरू लिनुहोस् र सहयोगका लागि आफ्नो बीमा कम्पनीलाई सम्पर्क गर्नुहोस्।

श्रोत: रेडीडटगभ, नेसनल हुरेकन सेन्टर, नोवा

प्रकाशित मिति: : 2019-03-06 07:08:59

प्रतिकृया दिनुहोस्