स्विट्जरल्याण्डमा नवराज पराजुलीको कविता कन्सर्ट, राजदूत भट्टराईले भने, कविहरुसँग हुन्छ पोएटिक लाइसेन्स

तस्बिरः बिएल

संसारभरी कविता कन्सर्ट गर्दै हिडेका नेपाली युवा कवि नवराज पराजुलीको कविता कन्सर्ट स्विटजरल्याण्डको जेनेभामा सम्पन्न भएको छ ।

राजदूत मणिप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कन्सर्टमा जेनेभा स्थित विभिन्न कूटनीतिक नियोग, दूतावास, अन्तराष्ट्रिय संघसंस्थामा कार्यरत र जेनेभामा बसोबास गर्ने नेपालीहरुको उपस्थिति थियो ।

गद्य कविता वाचनमा सिपालु पराजुलीको कविता वाचन शैलीको समीक्षा गर्दै राजदूत भट्टराईले ग्रामीण क्षेत्रका झर्रा र मनछुने वास्तविक यथार्थतालाई शब्दमा उन्न सफल पराजुलीका कविताहरुले वास्तविक समाजको चित्रण गरेको बताए ।

कविहरुलाई समाजमा भएका देखे, भोगेका कथा, व्यथाहरुलाई जस्ताको तस्तै प्रस्तुत गर्ने पोएटिक लाइसेन्स हुन्छ । कविताको माध्यमबाट समाजका कथाहरु प्रस्तुत गरेकै कारण पराजुलीका कविताहरु जीवन्त छन् र रुचाइएका छन् ।

स्विट्जरल्याण्डमा पहिलो पटक यसरी नेपाली कविता कन्सर्टको आयोजना गरिएको हो ।

एनआरएनए स्वीसका संस्थापक संजय मुडवरीको अध्यक्षता र कवयत्री रमा देवकोटा पराजुलीको संचालनमा सम्पन्न कन्सर्ट तीन घण्टासम्म चलेको थियो ।

प्रकाशित मिति: : 2019-09-12 18:53:26

प्रतिकृया दिनुहोस्