मदन–शीला सम्मान राष्ट्रकवि घिमिरेलाई

एजेन्सी

मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो। सो सम्मानको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ।

त्यस्तै बैठकले नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशन हुने ‘दियालो’ साहित्यिक पत्रिका र काठमाडौँबाट प्रकाशन हुने ‘उन्नयन’ त्रैमासिकलाई मदन–शीला साहित्यिक पत्रकारिता सम्मान–२०७५ बाट सम्मान गर्ने पनि निर्णय ग¥यो। सो सम्मानको राशि जनही रु ५० हजारको रहेको छ।

सो संस्थाले नेपाली साहित्यक क्षेत्रको विकासमा कार्यरत तथा साहित्यिक तथा साहित्यिक पत्रकारिताका क्षेत्रमा विशेष योगदान दिने प्रतिभावान् व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ। गत वर्षको मदन–शीला स्रष्टा सम्मान–२०७४ भाषाशास्त्री बालकृष्ण पोखरेललाई प्रदान गरिएको थियो। हालसम्म सो सम्मानबाट मदनमणि दीक्षित, प्रेमा शाह तथा किरण खरेललाई प्राप्त गरिसकेका छन्। सो अवसरमा अध्यक्ष त्रिपाठीले देशको गौरवका लागि घिमिरेले काव्य सिर्जनामार्फत दिनुभएको उच्च योगदानको मूल्याङ्कन गर्दै यो सम्मान दिने निर्णय गरेको बताए।

उनले दार्जिलिङबाट प्रकाशन हुने ‘दियालो’ पत्रिका तथा काठमाडौँबाट प्रकाशन हुने ‘उन्नयन’ त्रैमासिकले लामो समयदेखि गर्दै आएको साहित्य सेवाको कदर गर्दै ती पत्रिकाहरुलाई पनि सम्मान गर्ने निर्णय गरेको बताए। विसं १९८५ मा काठमाडौँको पकनाजोलमा जन्मनुभएका साहित्यकार मदनदेव भट्टराईको सम्झनामा हरेक वर्ष सो प्रतिष्ठानले साहित्य तथा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।

विसं २०२० मा ‘रत्नश्री’ पत्रिकाको प्रकाशनमार्फत पत्रकारिता तथा साहित्य क्षेत्रमा प्रवेश गरेका भट्टराईका मदनदेव भट्टराईका ‘केही कथाहरु’, ‘मदन–वाटिका ९गीति सङ्ग्रह०’, ‘जीवन स्मृति ९महाकाव्य०’, ‘मदनदेव भट्टराईका संस्मरणहरु’, ‘काया कल्प ९महानाटक०’, ‘समयको प्रतिविम्ब ९कविता सङ्ग्रह०’, ‘दृश्य र द्रष्टा ९हास्यव्यङ्ग्य०’ तथा ‘रत्नपार्क ९उपन्यास०’ प्रकाशित छन्।

‘हिमाली’ साप्ताहिकको सम्पादन, डिल्लीबजार क्याम्पसको स्थापना गर्नाका साथै प्राध्यापन पेशामा पनि काम गर्नुभएका ‘रत्नश्री’का संस्थापक सम्पादक भट्टराईको २०७० सालमा निधन भएको थियो। कार्यक्रममा गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटा, साहित्यकार प्रल्हाद पोखरेल लगायतले बोल्नुभएको सो समारोहमा यस वर्ष निधन भएका भाषाशास्त्री पोखरेल, शाह तथा दीक्षितको निधनमा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको शान्तिका लागि प्रार्थना गर्दै शोक प्रस्ताव पनि पारित ग¥यो। (रासस)

प्रकाशित मिति: : 2019-09-04 19:27:35

प्रतिकृया दिनुहोस्