फोक्सुण्डो ताल किनारमा कविहरूको रचना (भिडियो)

तस्बिरः बिएल

डोल्पा–मुलुकका चर्चित लेखकहरूले कर्णाली प्रदेशको डोल्पास्थित फोक्सुण्डो ताल किनारमा आ-आफ्ना रचना सुनाएका छन्।

पर्यटन प्रवद्र्धन गर्न उनीहरुलाई पर्यटनकर्मी युवाहरुको संस्था कन्सेप्ट नेपालले तालसम्मको यात्रा गराएको हो ।

 ‘फोक्सुण्डो काव्य–यात्रा २०७६’ नाम दिइएको पदयात्रा अभियान असार ७ गते सुरु भएको थियो । उनीहरु असार १२ गते फोक्सुण्डो पुगेका थिए। डोल्पाको सुलिगाडसम्म गाडीमा पुगेका लेखकहरु त्यहाँबाट तीन दिन पदयात्रा गरेर फोक्सुण्डो पुगेका हुन्।

फोक्सुण्डोमा पहिलोपटक भएको काव्य यात्राका सहभागीले ताल किनारमा कविता तथा गीत वाचन गरेका थिए।

काव्य यात्रामा लेखकहरु अभय श्रेष्ठ, भूपिन, सागर उदास, गनेस पौडेल, हेमन यात्री, दिपेन्द्रसिंह थापा र हेमन्त विवशले ताल किनारमा आफ्ना रचना सुनाएका हुन्।

हेर्नुहोस् उनीहरूका रचना भिडियोमा

प्रकाशित मिति: : 2019-07-04 16:27:34

प्रतिकृया दिनुहोस्