मुगुको छायाँनाथ नगरपालिकामास्थित रारा ताल एक सुन्दर ताल हो। समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाईमा रहेको नेपालकै ठूलो ताल राराले सबैलाई आफूजस्तै भव्य बनाइदिन्छ।
जंगलको बीचमा रहेको तालले घामको प्रकाशसँगै रङ बदल्छ। १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको लम्बाई ५ किलोमिटर र चौडाई ३ दशमलव २ किलोमिटर छ भने गहिराई १ सय ६७ मिटर छ। वरिपरि जंगलको बीचमा रहेको राराको भ्रमणमा आउनेहरु घण्टौं समय बितेको पत्तो पाउँदैनन् । ताल नै यति फराकिलो छ, पूरै एक फन्का लगाउन पाँच घन्टाको समय लाग्छ । मुगु जिल्लामा सडक सञ्जालले छोएपछि रारा आन्तरिक पर्यटकको विशेष रोजाइमा पर्न थालेको छ ।
हेर्नुहोस् रारा तालका तस्बिहरू