२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई प्रहरीले पक्राउ गरेको छ।
खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।