उत्तरी धादिङमा हिमपात

फाइल तस्बिर: बिएल

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिकाअन्तर्गत तिप्लिङ, लापा, सेर्तुङ र खनियाबास गाउँपालिकाअन्तर्गत झर्लाङमा शुक्रबारदेखि हिमपात भएको छ।

हिमपातका कारण उत्तरी धादिङको लब्दुङ, लिङ्जो, ठूलो गाउँ, नेवेर, लापा खादीङ, था माथिल्लो भागमा पर्ने बस्तीमा भारी हिमपात भएको तिप्लिङका शिक्षक नरबहादुर घलेले बताए। हिमपात शुरु भएपछि शुक्रबार विद्यार्थी भागाभाग गरेर घरतर्फ गएका थिए।

गाउँ हिउँले ढाकिएपछि जनजीवन कष्टकर भएकाले मानिस घरभित्रै बसिरहेका छन् भने गाईबस्तु चिसोले कठ्याङ्ग्रिएका छन्। हिमपात शुरु भएपछि विद्यालय बन्द भएका छन्। चिसोले गर्दा विद्यालय खोल्न नसक्ने अवस्था आएको छ। उत्तरमा हिमपात भएपछि हिउँ खेल्न जाने आन्तरिक पर्यटक रसुवाको बाटो हुँदै उक्त क्षेत्रर्फ जान थालेका छन्।

प्रकाशित मिति: : 2019-12-14 12:51:08

प्रतिकृया दिनुहोस्