एक वर्षअघि बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको मुद्दामा फरार एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको भगवान्पुर गाउँपालिका–३ निवासी ३८ वर्षीय अजयकुमार यादव रहेका छन्l अस्थायी प्रहरी पोष्ट भगवान्पुर सिरहाबाट खटिएको गस्ती टोलीले यादवलाई पक्राउ गरेको होl
आफ्नै घरमा लुकीछिपी बसिररहेको अवस्थामा यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
विसं २०७५ कात्तिक ३० गते रातिको समयमा घरमा कोही नभएको मौका छोपी छिमेकी ३८ वर्षीय महिलालाई बलात्कार गरी ती महिलाकी ६८ वर्षीया सासूको हत्या गरेको आरोप यादवमाथि छ।
पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।(रासस)