सोमबार, १५ डिसेम्बर २०२५

न्युरोडकाे रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ

News Image
प्रतिकात्मक तस्बिर
• • •

काठमाडौँको न्युरोड रन्जना गल्लीबाट ६ लाख ५० हजार नगदसहित सात जना जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,चन्द्र लामा,प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग , र कुमार केसी रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

डिएसपी बोगटीका अनुसार चन्द्र लामाले सञ्चालन गर्दै आएको जुवाको अड्डाबाट उनीहरु गएराति १२ बजे पक्राउ परेका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!