भालुको पित्त ओसारपसार गर्ने एक महिला पक्राउ

प्रतिकात्मक तस्बिर

भालुको पित्त ओसारपसार मुद्दामा संलग्न रही फरार एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–२ की ३४ वर्षीया मित्रलक्ष्मी राई रहेकी छिन् ।

बिषेश सुचनाको आधारमा उनलाई भोजपुर प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

 सूचना अधिकारी तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) पाण्डव राजवंशीका अनुसार डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा मुद्दा दर्ता भएर गएको कात्तिक ७ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि ती महिला फरार रहेकी थिइन् ।

प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि महिलालाई डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौंमा बुझाएको इन्सपेक्टर राजवंशीले बताए ।

प्रकाशित मिति: : 2019-11-07 12:09:58

प्रतिकृया दिनुहोस्