दिल्लीमा अड–इभन नियम आजदेखि लागु

Agency

भारतीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको अवस्था दयनीय बनेपछि दिल्ली सरकारले सोमबारदेखि अड–इभनको फर्मुला लागु गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले १३ सेप्टेम्बरमै वायु प्रदूषणका कारण ४ देखि १५ सम्म यो फर्मुला लागु गर्ने घोषणा गरिसकेका थिए।

आइतबार दिल्लीको वायु प्रदूषणको मात्रा एक हजारमाथि नाघेको थियो। सरकारले यसलाई प्रभावकारी बनाउन नियम उल्लघंन गर्ने व्यक्तिलाई ४ हजार रुपैयाँ जरिवाना तिराउने बताएको छ।

दिल्ली सरकारले यसअघि सन् २०१६ को जनवरी र अप्रिलमा पनि अड–इभनको नियम लागु गरेको थियो।

दिल्लीमा केही दिनयता बायु प्रदूषणको मात्रा बढेपछि आइतबार ३७ वटा विमान अन्यत्र डाइभर्ट गरिएको थियो।

प्रकाशित मिति: : 2019-11-04 07:59:10

प्रतिकृया दिनुहोस्