सिन्धुपाल्चोकमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

प्रतिकात्मक तस्बिर

सिन्धुपाल्चोकमा तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोनाम तामाङ, विजय तामाङ, राम गिरी, सुरेश तामाङ, रामकुमार तामाङ, राजु मगर, विकास तामाङ, गणेश तामाङ, जितबहादुर तामाङ, योङ तामाङ, विकास तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

मेलम्चीको रोज एण्ड रेष्टुरेण्टमा तास खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो ।

उनीहरुबाट नगद ५७ हजार ७ सय ७०, ४ बुक तास र १३ थान मोबाइल सहित ११ जनालाइ पक्राउ गरेको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

 

प्रकाशित मिति: : 2019-11-03 22:51:19

प्रतिकृया दिनुहोस्