सरकार नै तिर्दैनन् गुठी संस्थानको अरबौँ रकम

फाइल तस्बिर:बिएल

सरकारले नै गुठी संस्थानको भोगचलन गरेका जग्गाको अरबौँ रकम नतिरेको खुलासा भएको छ ।

गुठी संस्थानले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सरकारले आफ्नो कार्यालय र अन्य संघ–संस्थाका लागि जनकपुरमा गुठीले एक सय ७० बिगाहाभन्दा बढी उपयोग गरे पनि रकम नतिरोको उल्लेख गरेको छ ।

स्थानका प्रशासक नारायण चौंधरीका अनुसार जनकपुरमा मात्रै मात्रै १५ अर्बभन्दा बढी बहाल सरकारले तिरेको छैन् । उनले सरकार र अन्य संघ–संस्थाहरुसँग गुठीको जग्गाको झण्डै १६ अर्ब ७२ करोड २५ लाख रुपैयाँ असुली गर्न बाँकी रहेको रहेको बताए ।

गुठी संस्थानले आर्थिक वर्ष २०७६/०७७ को आय ६७ करोड ५७ लाख १४ हजार ८ सय र ५८ करोड ८२ लाख ५५ हजार ९ सय व्ययको पनि अनुमान गरेको छ ।

प्रकाशित मिति: : 2019-11-03 13:32:53

प्रतिकृया दिनुहोस्