संयुक्त अरव इमिरेट्समा कार्यरत नेपाली कामदारका आफन्तहरूलाई पर्यटक भिसाका लागि सहमतिपत्र (नो अब्जेक्सन लेटर) जारी नगरिने भएको छ ।
अवुधावीस्थित नेपाली राजदूताबासले जुलाई १४ शनिबार एक सूचना जारी गर्दै आइतबारदेखि नै नो अब्जेक्सन लेटर जारी नगर्ने जानकारी गराएको हो । सूचनामा आफन्त भन्नाले श्रीमान् वा श्रीमती, आमा, बाबु, सासु ससुरा र छोराछोरी जनाइएको छ ।
नेपाली राजदूताबासले जारी गरेको यो सूचनाले यहाँका नेपालीमा अन्यौलको स्थिति सिर्जना भएको छ । अब के हुन्छ ? यस सूचनाले कसलाई फाइदा वा बेफाइला गर्छ ? के का लागि र कसका लागि यो निर्णय गरिएको हो ? यस्तै प्रश्नहरू यहाँ उब्जिएका छन् ।
यस सूचनाको प्रभावका बारेमा जानकार केही नेपालीले यो निर्णय सर्वसाधारण कामदारका लागि हितकर नभएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । उनीहरूले यो निर्णय दुतावासले अध्यागमनमार्फत नमिलेका प्राविधिक कुराहरु र ठगी दलाली हुने ठाँउ खोजेर उचित उपचार गर्नुको साटो यो कदम चालिनु गलत भएको बताएका छन् ।
राजदूताबासको यस निर्णयका बारेमा प्रतिक्रिया लिन खोज्दा अबुधावीस्थित नेपालका राजदूत कृष्णप्रसाद ढकाल उपलव्ध भएनन् । एक अधिकृतले भने- 'यो अप्रिय निर्णय हो । यो निर्णयका ठूलो विरोध हुन सक्छ ।' उनले अगाडि भने- ' यो निर्णयमा पुग्नुअगाडि अरू पनि कदम चाल्न सकिन्थ्यो ।'
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया