तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री ओली ग्राण्डीमा

फाइल तस्बिर:बिएल

तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ ।

बालुवटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री अस्पताल जानुपर्नेभएपछि मन्त्रिपरिषद बैठक समेत पछि सरेको छ । बिहान ११ बजेलाई राखिएको मन्त्रिपरिषद बैठक अव अपरान्ह मात्रै बस्ने छ ।

यो पनि

प्रधानमन्त्रीले भने- अब मसँग डायलासिस वा पुनः मिर्गौला प्रत्यारोपणको मात्रै विकल्प छ

प्रधानमन्त्रीको गत बुधबार पहिलो र बिहीबार दोस्रो डायलाइसिस गरिएको थियो ।

गत बुधबार निममित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका प्रधानमन्त्री ओलीलाई भर्ना नै गरेर डायलासिस गरिएको थियो ।

शनिबार बसेको नेकपाको सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू सिकिस्त विरामी नभएको बताएका थिए । तर मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको जानकारी दिएका थिए ।

प्रकाशित मिति: : 2019-11-03 10:48:53

प्रतिकृया दिनुहोस्