कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ

प्रतिकात्मक तस्बिर

कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाह पक्राउ परेका छन् । लक्ष्मीपूजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको अवस्था निम्त्याएको आरोप शाहलाई कृष्णनगरस्थित निवासबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी प्रमुख एवं एसपी दीप शमशेर जबराले बताए ।उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने एसपी जबराले बताए ।

बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जन र्‍यालीलाई प्रहरीले मुस्लिम वाहुल्य वस्तीबाट नलैजान आग्रह गरेको विषयलाई लिएर भएको विवादले उग्ररुप लिंदा कृष्णनगरमा कर्फ्यू लगाइएको थियो ।

कर्फ्यूकै क्रममा भएको झडपमा कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको थियो ।

बिहीबार बिहान ११ बजेदेखि कृष्णनगरमा लगाइएको कर्फ्यू शनिबार बिहान ६ बजेबाट हटाइएको छ ।

प्रकाशित मिति: : 2019-11-02 17:27:36

प्रतिकृया दिनुहोस्