महराको बयान टुङगियो, आइतवार थुन्छेक बहश हुने (भिडियाेसहित)

बिएल

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दा शुक्रबार बयान मै टुङगिएको छ। अब आइतवार थुन्छेक बहश हुने छ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा शुक्रवार दिन भर महराको बयान भएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले बिहीवार अभियोगपत्र दायर गर्ने तयारी गरेको थियो। तिहार बिदा परेकाले प्रतिवेदन अनुसार अभियोगपत्र तयार गरि बिहिवार अदालतमा पेस गरिएको हो।

महरामाथि प्रहरीको राय अनुसार जबरजस्ती करणी उद्योगमा अभियोगपत्र पेस गरिएको छ। यस्तै, सार्वजनिक पद धारण गरेको व्यक्तिबाट कसुर भएकाले मुलुकी दण्ड सजाय ऐन अनुसार थप डेढी सजाय माग हुनेछ।

यो पनि

महराको बयान : रोशनीलाई सहयोग गर्न गएको थिएँ तर घरभित्र नछिरी फर्किएँ

प्रकाशित मिति: : 2019-11-01 18:06:36

प्रतिकृया दिनुहोस्