कृष्णनगरमा प्रहरीको गोली लागि मृत्यु भएका पाण्डेयको शव परिवारले बुझे

बिएल

लक्ष्मीपूजाको मूर्ति विसर्जनका क्रममा भएको झडपमा ज्यान गुमाएका स्थानीय २१ वर्षीय सुरज पाण्डेयको शव परिवारले बुझेका छन् ।

मूर्ति विसर्जनका क्रममा उत्पन्न भएको विवादले झडपको रुप लिएपछि प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोलीबाट बिहिबार पाण्डेयले ज्यान गुमाएका थिए ।

तौलिहवा अस्पतालमा रहेको मृतक पाण्डेको शव उनका हजुरबुवा ओमप्रकाश पाण्डेय र काका लक्ष्मी पाण्डेयले बुझेका छन् । मृतक परिवारलाई स्थानीय प्रशासनले तत्काल राहत बापत काजकिरिया खर्चका लागि २५ हजार रुपैयाँ दिएको छ ।

मृतकको शव कृष्णनगर बजार लैजाने र सुरही खोलामा अन्तिम दाहसंस्कार गरिने मृतकका काका लक्ष्मी पाण्डेयले बताए।

प्रकाशित मिति: : 2019-11-01 17:40:28

प्रतिकृया दिनुहोस्