बाराबाट अवैध कस्तुरी मदिरा र पटाका बरामद

बिएल

बारा प्रहरीले कस्तुरी मदिरा र भारतबाट अवैध रूपमा भित्राइएका पटाका बरामद गरेको छ ।

बिहीबार कलैया–१० निलकण्ठवा सडक किनारमा भारतबाट अवैध रूपमा भित्राइएको १ लाख मूल्य बराबरको पटाका बरामद गरेको प्रहरी चौकी मटिअर्वाले जनाएको छ ।

प्रहरी चौकी अमृतगंज खजानीको टोलीले सिम्रौनगढ–१ भन्टाबारीबाट ४५ हजार मूल्य बराबरको ४४ कार्टुन कस्तुरी मदिरा बरामद गरेको छ ।

नेपालबाट भारत तर्फ निकासीको लागि लुकाइ छिपाइ राखेको अवस्थामा उक्त परिमाणको कस्तुरी मदिरा तथा मदिरा ओसार्न प्रयोग गरिएको ५ थान साइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति: : 2019-11-01 16:04:51

प्रतिकृया दिनुहोस्