तीन जिल्लामा चोरी गर्ने भारतीय पेसेवर चोर पक्राउ

बिएल

केही समययता पूर्वका झापा, मोरङ, सुनसरी लगायत जिल्लामा चोरीले आतंक मच्चाउने एक भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले भारतीय नागरिक रघुबरप्रसाद साहलाई नियन्त्रणमा लिएको हो।

साहले केही महिनादेखि तीन जिल्लामा रातिको समयमा चोरी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरीले साहको साथबाट डव्लुबी ७४ एएम २७२४ भारतीय नम्बर प्लेटको कारसमेत बरामद गरेको छ।

त्यस्तै उनको साथबाट चाँदीको कल्ली २,सिक्का १,हातको ब्रासलेट १,पाँउजु ४ र औंठी १ थान बरामद गरेको छ । यता सुनको झुम्का १, चुरा १,सिक्री ,जितीया १ र टप एक थान पनि बरामद गरेको छ ।

प्रहरीको अनुसार नेपाली नगद ३८ हजार र भारु १३ हजार ७ सय समेत बरामद गरेको छ ।

साहले बिर्तामोड नगरपालिका वडा नम्बर ५ डेरा गरी बस्ने ललिता सापकोटा, गीता पौडेलको घररकोठाबाट चोरी गरेका थिए। चोरीको सूचना प्राप्त भएपछि सिसी क्यामरा फुटेजको आधारमा उनको खोजी गरिएको थियो।

प्रकाशित मिति: : 2019-11-01 15:47:59

प्रतिकृया दिनुहोस्