विवाह नगरेको झोंकमा प्रेमिकाद्धारा आफ्नै प्रेमीको अनुहारमा एसिड आक्रमण

प्रतिकात्मक तस्वीर।

भारतमा फेरि एकपल्ट एसिड आक्रमणको घटना सार्वजनिक भएको छ। तर, यो घटना पहिलेको भन्दना पृथक छ। पहिले एसिड आक्रमणको घटना युवतीहरूमा हुने गर्दथ्यो। तर, उत्तर प्रदेशको अलिगढस्थित जीवनगढमा बिहीबार एउटी प्रेमिकाले विवाह गर्न अस्विकार गरेको झोंकमा एक युवाको अनुहारमा एसिड प्रहार गरेकी छिन्।

घटना हुँदा युवकको साथी नजिकै रहेको र उनको खुट्टामा पनि एसिडको छिटा लागेको बताइएको छ। घाईते युवकलाई तत्कालै जेएन मेडिकल कलेज पुर्याइएको थियो। प्रहरीले एसिड आक्रमण गर्ने युवती र उसको आमालाई पक्राउ गरेको छ।

फैजान नाम गरेका युवा जीवनगढको अमिरनिशा मार्केटमा कपडाको पसलमा मजदुरी गर्ने गर्थे। उनको बुवा कारपेन्टर हुन्। फैजानको आफ्नै टोलमा रहेको एक युवतीसँग विगत एक वर्षदेखि प्रेम प्रसंग चलिरहेको थियो। दुबै विवाह गर्न चाहन्थे। तर, डेढ महिनाअघि फैजानको परिवारले विवाहको स्विकृति दिएको थिएन। फैजानकी आमाले युवतीसँगको सम्बन्ध तोड्न आफ्नो छोरालाई दबाब दिएपछि कुरा गर्न छोडेका थिए।

तर, युवतीले फोन गरेर फैजानलाई लगातार विवाह गर्न दबाब दिँदै आइरहेकी थिइन। एसिड पीडित फैजानका अनुसार बिहीबार साँझ उनी आफूले काम गर्ने पसल नजिकै साथीसँग बसिरहेको बेला युवतीले बोतलमा एसिड हालेर आफ्नो अनुहारमा फ्याँकेको बताए। घटना लगत्तै युवती भागेकी थिइन। एसिडका कारण फैजानको अनुहारको दुबै भाग र आँखामा नराम्रो असर परेको छ।

प्रकाशित मिति: : 2019-10-25 14:45:08

प्रतिकृया दिनुहोस्