ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र दुइ माजु मन्दिर परिसरको सम्झौता खारेज हुने (भिडियोसहित)

बिएल

काठमाडौंको खुल्लामञ्च नजिकै रहेको ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र दुइ माजु मन्दिर परिसरको सम्झौता खारेज हुने भएको छ।

दुइ माजु मन्दिर परिसरमा पसल सञ्चालन गर्ने सम्झौता खारेज गर्न गत साता गुठी संस्थानमा निवदेन दर्ता भएपछि संस्थानले खारेज गर्ने प्रकृया अघि बढाएको हो। खारेज गर्न दबाब दिंदै सम्पदा संरक्षण अभियन्ताले दुइ माजु परिसरमा बुधबार बिहान धर्ना समेत दिएका थिए। त्यसलगतै सो स्थानमा अनुगमन गर्न काठमाडौं महानगरपालिकाका उपमेयर तथा अनुगमन समिति संयोजक हरिप्रभा खड्गी श्रेष्ठ गएकी थिइन्। त्यहाँ निरक्षण गरेर खड्गी गुठी संस्थान पुगेकी थिइन्। सो क्रममा संस्थानले प्रकृया पुर्‍याएर खारेज गर्ने जानकारी संस्थानले गराएको थियो। उपप्रमुख खड्गीले दुइ माजु परिसरको जिम्मेवारी महानगरले लिने बताए। उनले उक्त स्थान इतिहासंग जोडिएकाले यसको संरक्षणमा बिशेष ध्यान दिइने पनि बताइन्।

सो स्थानमा व्यवसाय सञ्चालनका लागी गोरखाका भीमसेन गाउँपालिका—२ तान्द्राङकी अमृता भट्टराइले संस्थानसँग ५ वर्षका लागि भाडामा लिएका थिए। मन्दिर परिसरमा अस्थायी टहरा निर्माण गरिएको छ।

 

प्रकाशित मिति: : 2019-10-23 17:48:01

प्रतिकृया दिनुहोस्