युवा, अधवैशे,बालबालिका सबैका उपन्यास, कथा बजारमा आए तर आएनन् हजुर आमाका कथा । हजुरआमाको कथा लेख्न कम्ता चुनौती थिएन उनलाइ । जव उनी हजुरआमालाई काठमाण्डौका साधुरा गल्लीमा खोज्दै हिअड्थीन् । कतिपय पटक अल्मलीएर हराइन् । उनी आफु काठमाण्डौका साँघुरा गल्लीमा अलमलीए पनि मन भने कहिले अल्मलीएन । उमेरले ८० पार गरेका आमाहरु खोज्दै जान्थिन् । हजुरआमाले संघालेका इतिहास अनुहारमा मुझा परेका रेसाहरु झै उनले आफ्नो रेकर्डरमा रेकर्ड गर्दै कापीका पानामा लिपीवद्य पार्थिन् । यि लिपीवद्य पार्दै गर्दै अरु प्रश्नहरुको पनि उनले धेरै सामना गर्नुपथ्र्यो । उनलाइ आफ्नै मामा घरको हजुरआमाका कुराहरुले पनि सानै देखि तानिरहन्थ्यो । आफ्नै हजुरआमाका कथाबाट शुरु गरिन् “हजुरआमाको कथा” ।
आठ दशक पार गरेका हजुरआमाहरुसँग कुरा गर्नु र कुरा झिक्नु भनेको कम्ता गारो थिएन । कसैले खरखर्ती आफ्ना कुरा राख्थ्ये । कोही गफ गर्दै जाँदा बिर्सेर फेरी त्यही पुग्ने । कसैले ढिलो सम्झने । कोही भने अपत्यारिला पात्रहरु पनि थिए । हजुरआमाकी लेखिकालाइ हजुरआमासँग कुराकानी गर्न जाँदा धेरै प्रश्नहरु तेर्सिन्थ्ये । कतिपय पटक हजुरआमाहरुले जात के हो ? कसकी छोरी हौ ? भनेर हैरान लगाउथ्ये । धेरै पटक उनी हजुरआमाका सन्तानको सेन्सरसिपमा पनि पर्थिन् । के–के सोध्नुहुन्छ ? हाम्रो सामु नै सोध्नुस् । लेखेपछि हामीलाइ पठाउनु जस्ता धेरै कुराहरु सोधिन्थ्यो । लेखिकासँग कथाहरु लेखेर २३ औ अंक पुर्याइसक्दा त धेरै व्यक्तीहरु रिसाए पनि । मेरो आमा, हजुरआमाको तपाइले लेखिदिनु भएन भनेर । आठ दशक पार गरेकी हजुरआमा कोही क्रान्तीकारी थिए, कोही कवि थिए, कोही संगितकार थिए । नेपालको पहिलो फ्रेन्च भाषा उल्था गर्ने भगवती उप्रेतीको कथा होस् वा कान्छी दुलाल अर्थात विश्वझक्त (आहुती) की आमाको कथा निकै रोचक र उत्प्रेरक छन् । आठ दशक अघि यो समाजमा जन्मेर पनि चतुरी अर्थात कान्छीले आर्थिक हिसावले सम्पन्न भएका कारण नै कहिले पनि यो समाजमा जातिय छुवाछुतको अनुभव गर्नु नपरेको कुराले चकित पाथ्र्यो । हजुर आमाकी लेखिकाले हजुरआमा साथै नातिनीहरुका पनि अनुभव उतारेकी छिन् पुस्तकमा । हातहातमा मोवाइल,इन्टरनेट, घर–घरमा टिभी को जमानामा हजुरआमाका कथा सुन्दा यस्तो पनि थियो रे ? भनेर कतिपय नाति÷नातिनीहरुलाइ केहि समय पछि चकित पार्नेछ ।
हजुरआमाकी लेखिका अमृता लम्सालको परिचय धेरै छ । आज भन्दा ६ दशकअघि चाहबिल चुच्चेपाटीको ब्राह्मण परिवारमा जन्मेकी अमृताको बाल्यकाल निकै संघर्षपूर्ण बित्यो । उनकै शव्दमा उनले आफ्नो बालयकाल महसुस गर्न पाइनन् । हुनत उनी सम्पन्न घरमा जन्मेकी हुन् । त्यो समयमा बुबामन्दिरप्रसाद लम्साल जागिरे, आमा जयन्ती बिए पास । अनि जागिरे । ६ दशक अघि ब्राह्मणको छोरीले खाना पकाउनु हुँदैन भन्ने मान्यता थियो तर अमृताका पाँच दिदीबहिनी घर देखि बाहिरको सबै काम गथ्र्ये । अमृता अहिले पनि सम्झन्छीन् “आमाले विवाह पछि नै प्लस टु र बिए पास गरेकी हुन् ”। अमृताको जीवनमा बुबाको ठुलो प्रेरणादायी भुमिका छ । बुबाका बारेमा सम्झदा अमृताका आँखा अहिले पनि रसाउछन् । उनका बुवा बितेको पनि धेरै भैसक्यो । आमा जयन्ती जीवित छिन् । घरकी जेठी छोरी अमृता जसको काँधमा बहिनीहरु हेर्न भार थियो । आमा पढेलेखेकी जागिरे भएपनि पाँच जना छोरी नै छोरी जन्माएका कारण समाजमा नानाथरी नसुनाएका पनि होइनन् । अमृताले बुबाको जागिरका कारण विभिन्न स्थानमा जानुपर्ने भएका कारण घरमै पढेकी थिइन् । काठमाण्डौ आएपछि उनले २०३५ सालमा एसएलसी दिइन् । उमेर नपुगेका कारण उनका बुबाले उमेर बढाइदिए र उनले एसएलसी दिइन् । एसएलसी पास भएर पद्यम कन्या क्याम्पसमा भर्ना भएकी के थिइन् । विस २०३५ साल मंसिरमा उनको सम्पन्न र चर्चित बास्कोटा परिवारमा विवाह भयो । संयुक्त परिवार र नयाँ बानेश्वरको ऊ बेला चर्चित परिवार हो उनी भन्छीन् । सात जना दाजुभाइ थिए । उनको विवाह हुँदा चार जना दाजुभाइको विवाह भएको थियो । जसमध्ये सानी किशोरी अमृता पनि थिइन् । आफ्नो बाल्याकाल महसुस गर्न नपाइकनै संयुक्त परिवारको भार समाल्नु पर्यो । स्वतन्त्रतामा हुर्केकी अमृत सुनको पिजरामा बस्नुपर्यो । घरमा दशैतिहारको बेला उनी भन्छिन् । नयाँ बानेश्वरमा एक जना हनुमान साहूकोबाट सारी,धोती के के छ सबै पोको बाधेर ल्याएर घरको आँगनमा ल के के चाहिन्छ ? छान भनेर पुरै राख्थ्ये र वर्ष दिनको लागि छान्नु पथ्र्यो । लामो श्वास फेर्दै त्यस्तो परिवार थियो मेरो उनले भनिन् ।
सम्बन्ध÷संघर्ष र लेखन यात्रा
अमृताले १६ वर्षकै उमेरमा छोरी अनुपमालाइ जन्म दिइन् । बच्चाले नै बच्चा जन्माइन् । त्यसपछि अमृतालाइ घरको घेरामा बसेर यसै जीवन जाने भयो जस्तो लाग्यो । उनी आफ्नो ससुरासँग बसेर बिबिसि समाचारको बारमो छलफल गर्थिन् । उनलाइ घरकाले आठौ छोरा भएर यसले अंश खान्छे भनेर पनि नसुनाएका होइनन् । छोरी,बुहारीले पढ्नु हुदैन भन्ने सोचबाट ग्रसित समाजको असर उनको घरमा पनि थियो । एउटा उखान नै छ खाने मुखलाइ जुँगाले छेक्दैन भने झै अमृताले आफ्नै मनको द्वन्द्वलाइ जितेर घरबाट बाहिर पाइला टेकिन् । अमृताले घरमा नभनेर प्राइभेट फारभ भरेर आइ.एमा भर्ना भइन् । जाँच दिदाँ माइतीमा बसेर दिइन् । उनले यसरी नै आइ ए पास गरिन् । छोरा सुदेश पनि जन्मियो । छोराको भार उनलाइ परेन । आमा जस्तै हेरचाह गर्ने घरमा हेरचाह गर्ने महिला थिइन् उनले नै हुर्काइदियो उनी सम्झीन्छन् । जुन घरमा छोरा जागिर खादैनथ्ये । बुबाको सम्पत्तीमा रमाउथ्ये । त्यो घरका व्यक्तीले अमृतालाइ जागिर गर्न दिने त सम्भावना पनि थिएन । विस २०४१ साल तिरको कुरा हो । उनले कसैको सहयोगमा राष्ट्रिय बाणिज्य बैंकमा जागिर खान शुरु गरिन् । उनको लागि झनै गारो भयो । अमृताको केही वर्ष पछि थापाथली शाखामा सरूवा भयो । जती पिडा पाएपनि अमृताले आफुले गर्ने काम र कर्तव्यबाट कहिले पछि हटिनन् भनौ न घरबाटै मौन विद्रोह शुरू गरेकी थिइन् । त्यो बेला अमृताकी बहिनी बविताले आफुलाइ पढ्न सहज होस् भनेर दिदीलाइ लगेर जाने निधो गरेकी थिइन् । बहिनी बबिताले गर्दा अमृताको लेखनयात्रा नेपाल प्रेस इन्टिच्युटको आठौं ब्याचको पत्रकारिता तालिमबाट शुरु भयो र राष्ट्रिय बाणिज्य बैंकको जागिर छोड्नि । माओवादी जनयुद्धले महिलामा पारेको असर र प्रभवबारेको अध्ययन गर्न २०५५ सालमा यिनीले पश्चिमी नेपालका विभिन्न क्षेत्रहरुको स्थलगत निरीक्षण गरी रिपोर्ट समेत तयार पारेकी थिइन् । त्यो बेला अमृता सहित शोभा गौतमहरुलाइ निकै अप्ठ्यारो समेत पारेको थियो । जसले अमृताको नयाँ पहिचान पनि बनायो र धेरै कुरा गुमायो पनि । अमृता विस २०५२ सालमा स्थापना भएको संचारिका समूहकी संस्थापक सचिव पनि हुन् । अमृताले रोल्पाबाट फर्केपछिको लेखाइले संचारिका देखि सबैले धेरै कुरा सुनाएको अहिले पनि सम्झना छ । अमृता सन् १९९५ मा बेजिङमा भएको चौथो विश्व महिला सम्मेलनका लागि नेपालको तयारी समितिमा सदस्य सचिव भएर काम समेत गरेक थिइन् ।
अमृता एकातिर समाजमा छाउदैथिइन् भने अर्को तिर घरबाट अस्ताउदै थिइन् । उनी आफ्नो विवाह घरको बारेमा सम्झन चाहदिनन् तर विगतमा जाँदा त्यही कुराले पोलिरहन्छ । अमृताको स्वतन्त्रताले र आत्मनिर्भरता घरकालागी सह्य भएन । कार्यालय होस् वा घर अरुको अधिकारका लागि बोल्न सहज हुन्छ । जव आफ्नो अधिकारको कुरा आँउछ घर होस् वा समाज बोल्न निकै आँट चाहिन्छ । यस्तै कुरा अमृताकी बहिनीले पनि दिदीलाइ सुनाउथिन् । अरुको अधिकारका लागि बोल्ने । आफुलाइ हजारौ दुःख सहेर बस्ने भन्दै बहिनीले व्यङ्गय गर्थिन् । अमृताले सम्बन्धलाइ टुटाउन खोजेकी थिइनन् । अमृताको पिडा उनलाइ भन्दा पनि छोराछोरीलाइ महसुस भयो । उनी भित्रभित्रै खोकोलो भैसकेकी थिइन् । अनेकौ दुःख,कष्ट सहेर पनि बाहिर हाँसो देखाउथिन् । भनिन्छ नि जसले धेरै माया गर्छ । उसले हाँसो भित्रको आँसु पनि देख्छ । उनकी बहिनी, छोराछोरीले उनको आँसु देखे । छोराको एक शव्द नै उनको लागि काफी भयो । छोरा सुदेशले सानै देखि आमालाइ तिमी भनेर सम्बोधन गथ्र्ये । एक दिन “मम्मी तिमी जीवनभर यसरी नै बस्छौ भन्ने प्रश्न गर्यो । उनले के कहाँ जाने छोरा प्रतिपश्न गरिनन् ? हिड् तिमी र म अलग्गै कोठा लिएर बसौ” । तयसपछि अमृताको मन झसङ्ग भयो । यस्तो सानो बच्चाले त यस्तो सोच्दोरहेछ । अमृताकी छोरी पहिले नै पढ्न भनेर अमेरिका गइसकेकी थिइन् । मम्मी त्यहाँ बस्न सक्नुहुन्न यहाँ(अमेरिका) आउनु भनेर भनीरहन्थीन् । अमृताकै शव्दमा ‘२३ वर्ष सँगै बसेको हो । यो भनेको नोट अ जोक । वैवाहिक सम्बन्धमा दुई जनाको कुरामात्रै मिलेन । मैले टुटाउन खोजेकी थिइन् । वस दुइजनाको कुरा कहिले मिलेन’ । अहिले पनि त्योघरको सबैसँग सम्बन्ध राम्रो छ । अहिले पनि मेरो सम्मान त्यो घर प्रति त्यत्ती नै छ जती पहिला थियो अमृता भन्छिन् । अमृतालाइ नेपालमै बसेर वैवाहिक सम्बन्धबाट छुटेर बस्न गारो भएर छोरा सहित अमेरिका हानिइनन् । अमेरिकामा आमा र छोराको संघर्ष पनि कम थिएन । अमृताले अमेरिका बसाइको क्रममा स्वयंसेवकको कामग गरिन् । स्वयंसेवकको काम गर्दा उनले दोस्रो विश्वयुद्धताका काम गरेका बुढाबुढी एलेक्सेण्डो, बव हेरिङ लगायतका व्यक्तीहरुसँग काम गरिन् । उनीहरु वाकर घिसारेर आएपनि काम गथ्र्ये । उनीहरुको कुरा सुन्दा धेरै प्रेरणादायी लाग्थ्यो उनलाइ ।
अमृताको आवज हर्स आँउछ । धेरैले भन्छन् । उनले पनि अरुले भनेपछि मात्रै थाहा पाएकी हुन् । यो भएको पाँच वर्ष जती भयो । एकपटक अमृता धेरै बिरामी पनि भइन् । उनले न्यूरोको औषाधी पनि खानु पर्यो । उनलाइ युटेरसको समस्याले समेत सतायो । रगत धेरै गएपछि यिनको अपरेसन गर्नुपर्यो । दुइपटक वायोप्सी पनि गर्नुपरेको थियो । अमृता भन्छिन् ‘मैले याद गरिन तर त्यसपछि मेरो यस्तो भएको हुनुपर्छ ’ ।
अमेरिकाको १४ वर्षको बसाइपछि नेपाल फर्किइन् । नेपाल आँउदा छोडेर गएको जस्तो काठमाण्डौ उनका लागि थिएन । धेरै परिवर्तन आइसकेको थियो । यो काठमाण्डौमा आफुलाइ चिनाउन र साथीहरुसँग सम्बन्ध रिन्यू गर्न केही समय लाग्यो । थोरै समयमा पुनः अमृतालाइ छोडेर गएको काठमाण्डौसँग आफ्नो नयाँ साइनो बनाइनन् । उनको हजुरआमाको कथाको सोचका लागि उनी धेरै संचारगृहमा गइन् । धेरैले आश्वासन मात्र देखाए । पत्याएनन् । आफ्नै सहकर्मीले पनि महिला भनेर भित्रभित्रै होच्याए । तर नपत्याउने खोलाले बगाउछ भने झै अमृताको हजुरआमाको कथाको श्रृखंलालाइ सेतोपाटीले पत्यायो । जसका लागि अमृता अमृत जीलाइ धन्यवाद भन्छिन् । त्यसपछि सेतो पाटीमा छापिएका २३ वटा श्रृखंलाको पुस्तक निस्कीयो । सेतोपाटीमा पनि समाजिक संजालमा हजुरआमाको कथाले शेयरमा रेकर्ड नै राखेको थियो । जुन अहिले पुस्तक नै निस्कीयो । पुस्तक निकाल्दा अक्षर क्रियएसनकी अर्चना थापाको संयोजकत्वमा पुस्तक निस्कीयो ।
अमृताको समाजिक संजालमा पनि निकै सहभागिता छ । उनले समाजिक संजालबाट नै आर्थिक् सहयोग जुटाए गाँउवस्तीका धारा बनाउने देखि घर बनाउने सम्म कार्य गरेकी छिन् भने अधिकारका कुराले सम्बन्धीत निकायलाइ समेत झकझकाउने गरेकी छिन् । उनको ट्वीटर देखि फेसबुकमा निकै फ्लोर्वस छन् । अबको दिनमा हजुरआमाको कथा लेखिरहने अमृता आफै छोरा र छोरी पट्टीबाट तिन जना नातीहरुकी हजुरआमा हुन् । उनको कथा पनि भोलीका नातिनातिनीहरुका लागि प्रेरणाको पाटो बन्नेछ ।