चिनियाँ राष्ट्रपतिको व्यानर च्यात्ने २ जना पक्राउ

बीएल

चिनियाँ राष्ट्रपतिको सी जिङ पिङको स्वागतको लागि तयार पारिएको व्यानर च्यात्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरस काठमाडौंको टोलीले ब्यानर च्यात्ने दुई जनालाई नियन्त्रणमा लिएको हो।

गोपाल सार्की र रौतहटका राजमुमार ठाकुरलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बिजुलीबजार क्षेत्रमा तयार पारिएको ब्यानर उनीहरुले मंगलवार राति च्यातेका थिए।

मंगलवार राति सार्कीले रक्सीको नशामा च्यातिएको प्रहरीमा बयान दिएका छन्।

 

प्रकाशित मिति: : 2019-10-10 11:18:52

प्रतिकृया दिनुहोस्