५ दशकअघि महिलाले प्रहरीमा जागिर खाने भनेपछि मानिसहरू मुख खुम्च्याउँथे। त्यति बेला मानिसहरूको सोच थियोे– बिग्रेको महिलामात्र प्रहरीमा जागिर खान जान्छन्।
यस्तो अवस्थामा कुनै महिलाले बाजा बजाउन ब्याण्डमा जागिर खान्छ भन्ने कल्पना गर्नु पनि कोरा सपना हुने गर्दथ्यो।
नेपालमा प्रहरीको जागिर खाने पहिलो महिला हुन्, चेतमाया डंगोल। उनी २००७ सालपछि स्थापना भएको नेपाल प्रहरीमा जागिर खान पुगेकी थिइन।
यस्तै नेपाल प्रहरीमा बाजा बजाउने शाखामा महिला प्रहरी पनि समावेश हुनुपर्छ भन्ने सोचको विकाश गर्ने प्रहरी हुन्, पूर्वप्रहरी महानिरीक्षक डिबी लामा।
डिबी लामाले जापान जाँदा महिलाले बाजागाजा बजाएको देखेका थिए। यसैबाट प्रभावित भई उनले नेपालमा पनि महिला ब्याण्डको सुरुवात गरेका थिए। नेपालमा महिलालाई सबैभन्दा पहिले ब्याण्डमा अवसर दिने संगठन भनेको नै नेपाल प्रहरी हो। हाल प्रहरीमा मात्र होइन, नेपाली सेनामा पनि महिलालाई ब्याण्डमा सहभागी गराइएको छ।
नेपाल प्रहरीमा ब्याण्ड शाखामा कार्यरत महिला सई दर्जासम्म पुगेका छन् । बाँकी भिडियोमा ।