चिलीमा ६ दशमलव ८ रेक्टरको भूइँचालो

चिलीमा ६ दशमलव ८ रेक्टर स्केलको भूइँचालो गएको छ। अमेरिकी भूगर्भ विभागले दिएको जानकारी अनुसार भूइँचालोका कारण त्यति ठूलो क्षति भएको छैन। स्थानीय समयअनुसार आइतबार बिहान १० बजेर ५७ मिनेटमा भूइँचालोको झट्का महसुस गरिएको थियो। भूइँचालोको केन्द्रबिन्दु राजधानी सेन्टियागोदेखि २ सय २५ माइल टाढा अनुमान गरिएको छ।

चिली ‘रिङ अफ फायर’ क्षेत्रभित्र पर्छ। जहाँ प्रशान्त महासागर र दक्षिणी अमेरिकी प्लेट ठोक्किरहने गर्छ। यसै कारण यस क्षेत्रमा भूइँचालो गइरहेको हुन्छ।

 

 

प्रकाशित मिति: : 2019-09-30 09:37:53

प्रतिकृया दिनुहोस्