जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्ति भएको पार्टीले भारतसँग खुट्टा कमाउँदैन: मन्त्री अर्याल

फाइल तस्बिर

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिपुलेख, कालापानी नेपालकै नक्सामा राखिसकेको बताएकी छिन्।

सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५⁄०७६ को वार्षिक प्रगति समिक्षा गोष्ठी एवं प्रदेशस्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमा सहभागी हुन वीरगन्ज पुगेकी मन्त्री अर्याल उक्त कुरा बताएकी हुन्।

‘राष्ट्रियताको सवालमा दुई तिहाइको सरकारले खुट्टा कमाउने कुरै छैन । लिपुलेक र कालापानी नेपालमै भएको नक्सामा प्रकाशित भइसकेको छ । लिम्पियाधुराको विषयमा कुटनैतिक पहल भइरहेको छ,’ उनले भनिन् ।

उनले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताइन्। आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्‍ने समेत बताइन् । ‘यो सरकारले लिपुलेख, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन । ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ’, उनले भनिन् ।

पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिंने उनको भनाइ थियो ।

प्रकाशित मिति: : 2019-11-13 10:51:12

प्रतिकृया दिनुहोस्