यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौलासहित चारजनाविरुद्ध मुद्दा दायर गरेको छ ।
अख्तियारले रकम लेनदेन गरी भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरण गराउने कार्यमा संलग्न घिमिरे, निरौला, नायब सुब्बा हेमकुमार बस्नेतसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गएको हो ।
उनीहरुले सुन्दर अधिकारीको भारतीय अनुमतिपत्र नेपालीकरण गरेको पाइएको अख्तियारको दाबी छ । उनीहरुले नक्कली अनुमपतिपत्र र दुतावासको नक्कली सिफारिसको आधारमा अधिकारीको नेपाली अनुमतिपत्र तयार गरिदिएका थिए ।