धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक कामदार रहेका छन्।
बुधबार पुर्वेली स्टाप होटलमा सुतिरहेका बेला विद्युत सर्ट भएर तार खस्दा स्थानीय शिवकुमार महतो, उनकी श्रीमती र एक कामदारको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । उनका अनुसार मृतक कामदारको पहिचान खुल्न सकेका छैन्।
बुधबार बिहान ढिलोसम्म होटल नखुलेपछि स्थानीयले हेर्न गएका थिए। तीनै जना मृत भेटेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।तीनै जनाको शव अञ्चल अस्पताल जनकपुरमा ल्याइएको छ।