भारत र पाकिस्तानमा ६ दशमलव १ रेक्टर स्केलको भूइँचालो

दिल्लीमा भूइँचालाेकाे धक्का महसुस गरेपछि बाहिर निस्किएका स्थानीयहरु। तस्वीर एजेन्सी।

छिमेकी भारत र पाकिस्तानमा मंगलबार ६ दशमलव १ रेक्टरको भूइँचालो गएको छ। दिउँसो ४ बजेर ३० मिनेट जाँदा भारतको राजधानी दिल्ली वरपर तथा पाकिस्तानमा भूकम्पको झट्का महसुस गरिएको थियो।

किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न? (भिडियोसहित)

अन्तर्राष्ट्रिय मिडियाका अनुसार पाकिस्तानको जाटलान क्षेत्र भूइँचालोको केन्द्रबिन्दु मानिएको छ। भूइँचालोका कारण जम्मु–काश्मिर, पञ्चाव र चण्डीगढमा पनि धक्का महसुस गरिएको थियो। यस्तै, पाकिस्तानको लाहोर तथा उत्तर पश्चिमी दिशा प्रभावित मानिन्छ।

 

 

 

प्रकाशित मिति: : 2019-09-24 17:52:06

प्रतिकृया दिनुहोस्