शंखरापुर नगरपालिका ६ सलमपुटार बस्ने २६ वर्षीय अशोक विष्ट र काठमाडौं पुरानो बानेश्वर भत्केको पुल बस्ने धादिङका २६ वर्षीय आशिष आचार्यलाई नियन्त्रणमा लिएको हो। प्रहरीले विष्टको घरबाट ६४ थान र आशिषको साथबाट ४२ गरेर १ सय ६ थान चोरीका मोबाइल बरामद गरेको छ।
उनीहरु दुवै जनाको मोबाइल पसल छ। चोरी भएको मोबाइल सस्तो भाउमा खरिद गर्ने र सस्तोमा नै विक्रि गर्ने गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेश बहादुर सिहले बताए ।
विभिन्न ब्रान्डेड कम्पनीका ६० देखि ७० हजार मुल्य पर्ने मोबाइल चोरहरुसँग ५ देखि ७ हजारमा खरिद गर्ने र १० देखी २० हजारमा विक्री गर्ने गरेको प्रहरी अधिकारीको दावी छ। उनीहरुले पसल र घरमा लुकाएर मोबाइल विक्रि गर्ने गरेको डीएसपी सिहले बताए ।
गज्जवको कुरा त के छ भने पक्राउ परेकालाई छुटाउन अहिले नेतादेखि पत्रकारसम्मले लविङ गरिरहेका छन् । 'हामी कहाँ अहिले नेतादेखि पत्रकारले फोन गरेर छोड्न अथवा कारबाही कम गर्न दवाव दिने गरेका छन्', एक अनुसन्धान अधिकृतले बिएल नेपाली सेवासँग भने-'को हुन् यी शक्तिशाली व्यक्ति जस्ले हामीलाई पटकपटक फोनमा उनीहरुको बारेमा नेतादेखि पत्रकारले लविङ गरिरहेका हुन्छन्?'
चोरीका मोबाइल र पक्राउ परेकाहरुको बारेमा हाल अनुन्धान भईहरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया