जालसाजी मुद्दामा ७ लाख रुपैयाँ जरिवाना भएका फरार एक प्रतिवादीलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमाचोकबाट सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१५ लम्क्षणवाका ५८ वर्षीय राम अशिष राउत कुर्मी रहेका छन् ।गत जेठ १४ गते पर्सा जिल्ला अदालतले कुर्मीलाई जालसाजी मुद्दामा ७ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
पक्राउ परेका कुर्मीलाई आवश्यक कारबाहीका लागि आदलत पठाइएको प्रहरीले जनाएको छ ।