टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्छौं: गृहमन्त्री थापा

फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापा बादलले दशैं, तिहार र छठका बेला शान्ति सुरक्षा सुदृढ बनाउने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालयले तयारी गरेको पनि उनले जानकारी दिए ।

राजमार्ग र सहायक राजमार्गमा यात्रु सहायता कक्ष स्थापना गर्ने, टिकटमा कालोबजारी र कृत्रिम अभाव रोक्ने उनले बताए । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयसँगको समन्वयमा बिग्रे, भत्केका सडक सुधार गर्ने, सर्वसाधारणको भीड हुने धार्मिक स्थलमा विशेष सुरक्षा व्यवस्था गर्ने गृहमन्त्री थापाले बताएका छन् । उनले भारतबाट दशैं मान्न घर फर्किने नेपालीलाई सहयोग गर्न सीमा क्षेत्रमा सहायता कक्ष सञ्चालन गर्ने पनि बताए ।

प्रकाशित मिति: : 2019-09-23 13:50:10

प्रतिकृया दिनुहोस्