काठमाडौंबाट २८ सडक बालबालिकासहित ३८ जनाको उद्धार

फाइल तस्बिर

बालबालिका खोज तलास तथा समन्वय केन्द्रले २८ जना सडक बालिबालिकाको उद्धार गरेको छ ।

आइतबार दिनभर काठमाडौंको ठमेल, पशुपती, बालाजु, बसपार्क लगायतका क्षेत्रमा केन्द्रले चलाएको अपरेशनका क्रममा  २८ जना बालिकासहित ३८ जनालाई उद्दार गरिएको हो ।

केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले राष्ट्रिय बालअधिकार परिषद् र स्थानीय प्रहरीको सहयोगमा बेवारिशे बालबालिकाको उद्धार गरिएको बताए । बालबालिका खोजतलास समन्वय केन्द्रले काठमाडौँ उपत्यकामा भेटिएका घर जान नमान्ने बालबालिकालाई कुलतबाट छुटाउन पुनःस्थापन केन्द्रमा राख्ने गरेको छ ।

मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक बेमेल, मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारीलगायतका कारणले बालबालिकाहरु सडकमा पुग्ने गरेका छन् । अघिल्लो वर्ष काठमाडौँबाट ८७३ बालबालिकालाई सडकबाट उद्धार गरिएको थियो । तर सडकमा बालबालिका आउने क्रम भने नरोकिँदा समस्या कायमै छ ।

प्रकाशित मिति: : 2019-09-23 13:38:28

प्रतिकृया दिनुहोस्