२० अगस्ट सन् २०१८।
ग्रेटा थुनबर्ग, स्वीडेनकी १५ वर्षीय छात्रा। त्यो दिन उनी स्कुल गइनन्। सिधैं संसद भवन बाहिर धर्ना दिन पुगिन्।
जलवायु परिवर्तनमा आफ्नो देशले ठोस निर्णय गर्न नसकेको भन्दै उनी अनशनमै बसिन्। लगातार तीन साता अनशनमा बस्दा उनको यो अभियानले स्थानीय मात्र होइन, विदेशी मिडियाको पनि ध्यान तान्न सफल भयो।
ग्रेटाको अभियानमा स्वीडेनका युवाहरू विस्तारै जुडिन थाले। उनले हरेक शुक्रबार हडतालको आह्वान गरिन्। दबाब यस्तो बन्यो, स्वीडिस सरकारले जलवायु परिवर्तन सम्बन्धि नीतिमा सुधार ल्यायो।
उनको यही अभियानबाट प्रेरित भएर विश्वभरीका विद्यार्थी आफ्नो देशको संसद भवन बाहिर धर्नामा बस्न थाले। ग्रेटाको यही अभियानले अहिले आन्दोलनको रुप लिएको छ।
जलवायु परिवर्तनकै विषयलाई लिएर आउँदो सेप्टेम्बर २३ मा अमेरिकाको न्युयोर्कमा ‘युनाइटेड नेशन क्लाइमेट एक्शन समिट’ को आयोजना हुँदैछ।
ह्यासट्याग ‘फ्राइडेज फर फ्युचर’ नाम दिइएको आन्दोलनमा विश्वको २ हजार शहरका विद्यार्थी कक्षा कोठाबाट सडकमा उत्रिसकेका छन्।
यहीसँग समानान्तर अर्को आन्दोलन पनि चलिरहेको छ। जुन ह्यासट्याग ‘क्लाइमेट स्ट्राइक’ को नामले सञ्चालनमा आएको छ।
२० देखि २७ सेप्टेम्बरसम्म सञ्चालन हुने दुबै आन्दोलनले ठूला राष्ट्रका नेतृत्वकर्ताहरूलाई दबाब श्रृजना गर्ने बताइएको छ।
सय वर्षअघि हामी बसेको गाउँठाउँको हालत अहिले जस्तो थिएन। शुद्ध हावा, पानी, माटो र पर्यावरणका कारण पृथ्वी स्वर्ग तुल्य थियो।
तर, केही व्यक्तिको फाइदाका लागि जब प्राकृतिक संसाधनमाथि दोहन सुरु भयो, यसले पृथ्वीको स्वास्थ्य गडबड हुन थाल्यो।
यही बिरामी भएको पृथ्वी अहिले मानवजातीलाई स्वास्थ्य राख्न अक्षम सावित भइरहेको छ।
औंधोगिक क्रान्तिपछि बायुमण्डलमा कार्बन डाईअक्साइड (सिओ–२) को मात्रा बढ्दै गइरहेको छ। आज अवस्था यति बिकराल बनेको छ, ४० लाख वर्षयता कार्बन डाईअक्साइडको मात्रा शीर्षमा छ। हरेक वर्ष अर्बो टन कार्बन डाईअक्साइड बायुमण्डलमा पुग्ने गर्छ।
दोस्रो विश्व युद्वका ९९ वर्षीय वार भेट्रान: भिसी नपाएको झोकमा पल्टन छोडे (भिडियाे सहित)