बाख्रा चराउन गएकी दुई बालिकाको पोखरीमा डुबेर मृत्यु

फाइल तस्बिर

सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आईतबार पोखरीमा डुबेर ज्यान गएको छ । गोलबजार नगरपालिका–९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।

साथीहरुसँगै जंगलमा बाख्रा चराउन गएकी उनीहरुको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको वडाअध्यक्ष रामपुकार कामतीले जानकारी दिइन् । पानीमा डुबेपनि बाहिर नदेखिएपछि प्रहरी र स्थानीयले खोजेर पानीभित्रबाटै दुवै बालिकालाई निकालेको जनाए ।

दुवै बालिकाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीले जानकारी दिए ।

प्रकाशित मिति: : 2019-09-22 14:55:44

प्रतिकृया दिनुहोस्