म्याग्दी खोला बाढी: २ बालिका सम्पर्कविहीन, ८ घरमा क्षति

बिएल

बेनी नगरपालिका–२ ज्यामरुककोटको कोटखोलामा आएको बाढी शनिबार राति आएको बाढी बस्तीमा पस्दा बुद्ध एकेडेमी विद्यालयसहित ८ घरमा क्षति पुगेको छ ।

बेनपा, बगरफाँट बस्ने पार्वती परियारकी १० वर्षीया छोरी प्रविना परियार र यही ठाउँ बस्ने अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बाढीका कारण ८ घर परिवार पीडित बनेको र ३१ जना प्रभावित भएको डीएसपी मरासिनीले जानकारी दिए ।

बाढीबाट विस्थापित र प्रभावितको उद्दार गर्ने, राहत वितरणको काम नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र स्थानीयवासी काम गरिरहेको उनले जानकारी दिए ।बाढीले क्षति पुर्‍याएको खबरलगत्तै गण्डकी प्रदेशका सदस्य विनोद केसी, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले स्थलगत रुपमा अवलोकन गरेका छन् ।

प्रकाशित मिति: : 2019-09-22 12:22:58

प्रतिकृया दिनुहोस्