सन्तानको सुख शान्ति तथा चिरायुको कामना गर्दै प्रदेश नम्बर २ का वारा, पर्सा लगायतका जिल्लाहरुमा मनाउने जितिया पर्व शनिबार देखी विधिवत रुपमा सुरु भएको छ ।
तराईका केहि जिल्लामा भने शुक्रबार देखि नै जितिया पर्व मनाई रहेका छन ।
जीउतिया व्रत अत्यन्त कठीन व्रतको रुपमा माईने गरीन्छ । आश्विन महिनाको ‘पितृपक्षमा पर्ने सप्तमी तिथिमा यस ब्रतको सुरुवात हुन्छ । जसलाइ भोजपुरी भाषामा ‘नहाए–खाएके’ दिन भनिन्छ । यस दिन बिहानै ब्रतालु महिला नजिकको जलाशयमा गई नुहाउने गर्छन । नुहाउने क्रममा ब्रतालु महिला झिङुनीको पातमा सरसोको पिना र तोरीको तेल राखि सुुर्य देउता, बिष्णु र जितवाहन भगवान लगायत ‘पितृहरुलाई सम्झेर पानिमा बगाउने चलन छ ।
ब्रतको पहिलो दिन राति मिष्ठान परिकार बनाएर दर खाइन्छ । भोलि पल्ट बिहान सुर्य उदाउनु भन्दा पहिले ब्रतालु महिला माटोले ओरी बनाई त्यसमा जितवाहन भगवानलाई झिङुनीको पातमा दहि, चिउरा शख्खर लगायत पूजा सामग्री चढ़ाई सन्तानको आयुको कामना गरीन्छ ।
यस ब्रतको मुख्य परिकार दहि चिउरा र माछा हो । थारु समुदायमा अनिवार्य रुपमा माछा खाने चलन छ । ब्रतालुले चढाएको दहि चिउरा घरका सम्पुण सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।
ब्रत बस्ने दिन ब्रतालु पानि पनि नखाई निराहार व्रत बस्ने गरिन्छ । ब्रत बसेको सांझ पख महिलाहरु पुनः जलाशयमा नुहाएर शुद्ध वस्त्र धारण गरी बेल पत्रमा तारीको तेल राखी जितवाहन भगवानको स्मरण गरी जलाशयमा बगाउने गर्छन् । पुजाको क्रममा बचेको तेल महिलाले आफ्नो सन्तानलाई लगाईदिने परम्परा छ ।
निर्जला व्रत बसेका व्रतालू महिला भोलि पल्ट सुर्य उदाउनु भन्दा पहिले मृत सासुहरुको नाममा माटोले बनाईएको पिढि माथि नव वस्त्र चढाई पुजा गर्ने चलन छ । ब्रतालुले मृत सासुको आशिवार्द लिएर जीउतिया व्रतको पारण गर्दछन् ।
माईति पक्षले छोरी चेलिको घरमा कोशेलिको रुपमा एक हप्ता सम्म दहि चिउरा पु¥याउने चलन छ ।
कठोर ब्रतको रुपमा मानिने जिउतिया पर्वको मुख्य उद्देश्य सन्तानको दिर्घायु र मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण पनि रहेको छ ।