देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे। उनीहरुले डेङ्गुका कारण मृत भएका भनिएकाहरुको ज्यान जानुको कारण डेङ्गुनै हो भन्ने यकिन नभइसकेको बताए। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवका सल्लाहकार तथा जनस्वास्थ्य विज्ञ डा. के. के. राईले डेङ्गुबाट त्रसित हुनु नपर्ने बताए। डेङ्गु महामारी नभएको स्पष्ट पार्दै उन यसको रोकथामको उपाय रहेको बताए। साक्षात्कारमा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले डेङ्गु रोग त्रसित हुनुपर्ने खालको नभएपनि काठमाडौंलगायत देशका पहाडी भेगमा नयाँ भएकाले त्रास उत्पन्न भएको बताए।
सरुवा तथा संक्रामक रोग अनुसन्धान विशेषज्ञ डा.जीवनबहादुर शेरचनले पोथी लामखुट्टेले लीड गर्ने क्रममा मानिसलाई टोक्यो भने डेङ्गु रोग लाग्ने बताए।