नेपाल–भारत सहायता कक्ष, चाडपर्व लक्षित (भिडियो सहित)

बिएल

मोरङको सीमावर्ती क्षेत्रमा पर्ने ६ स्थानमा नेपाल–भारत सहायता कक्ष सुरु भएको छ।

विगत वर्ष झै यसपालि पनि नेपाल–भारत सीमा नजिक रंगेली नगरपालिका–४ स्थित चोप्राहा, रतुवामाई नगरपालिका ८ स्थित बलडङ्ग बेश क्याप भने आफ्नो मातहत राखेको छ। धनपालथान गाउँपालिका–३ स्थित मायागन्ज बेश क्याप , धनपालथान कै चोना बेश क्याप, बिराटनगर महानगरपालिका को बखरी बेश क्याप र जहदा गाउँपालिकाको भुटाहा बेश क्यापमा रहेका सशस्त्र बेश क्याप नजिकै रहेको छ।

नेपालीको महान चाडपर्व नजिकिँदै जाँदा नेपाल–भारत सीमामा लुटपाट तथा आपराधिक क्रियाकलाप गर्ने समूह बढ्न सक्ने भएको हुनाले उक्त क्रियाकलापका लागि नियन्त्रण तथा रोकथाम गर्ने उदेश्य ले संयुक्तरूपमा हेल्पडेक्सको स्थापना गरिएको गणपति नेत्र बहादुर कार्कीले बताए।

नेपाल तथा भारततर्फ आवतजावत गर्ने सर्वसाधारणलाई कुनै पनि स्थानमा चोरी तथा लुटपाट गरि कुनै ब्यक्ति चोरि तथा लुटपाट गरेमा पीडित पक्षले प्रहरीलाई जानकारी गराए। संयुक्तरूपमा खोजी गर्दा पक्राउ गर्ने सजिलो हुने भएको हुनाले हेल्पडेक्स स्थापना गरिएको कार्कीले बताए।

सोहि क्रममा रंगेली ४ स्थित चोप्राहामा नागरिक सहायता कक्षको निरीक्षण तथा उद्धाटन गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर हेडक्वाटर कंकालिनि मोरङका गणपति नेत्र बहादुर कार्की, रंगेली नगरपालिका मेयर दीलिप बगडिया, ससस्त्र प्रहरी बिओपी रंगेलीका प्रमुख जितेन्द्र बस्नेत तथा भारत अररिया जिल्ला ५२ का समकक्षी  कमान्डडेन्ट वीरेन्द्रकुमार वर्माले संयुुक्त नागरिक सहायता कक्षको अवलम्बन समेत गरेका छन्। 

नागरिक सहायता कक्षमा बिहान ६ देखि बेलुकी ६ सम्म नेपाल र भारत प्रहरी बसेर दैनिक आवत जावत गर्ने व्यक्तिको विवरण प्राप्त गर्न सहज हुने सशस्त्र प्रहरीका गणपति कार्कीले बताए।

प्रकाशित मिति: : 2019-09-18 15:48:11

प्रतिकृया दिनुहोस्