छुट्टाछुट्टै चेकजाँचको क्रममा नागढुङ्गाबाट प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकीबाट पक्राउ गरेको हो ।
बिर्तामोडबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसबाट झापा बिर्तामोड ६ घर भएका शंकर राजवंशीलाई लागूऔषध खैरो हेरोईन ३०.९० ग्रामसहित पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारबिक्रम थापाले बताए ।
त्यस्तै,धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसबाट सुनसरी धरान उपमहानगरपालिका वडा नं. ७ का २६ वर्षीय आशिष श्रेष्ठलाई लागुऔषध डाइजेल्याब –९ एम्पल, लुपिजेसिक–९ एम्पल र फेनिरामाईन–९ एम्पल गरी २७ एम्पल र ५ थान सिरिन्जसहित नियन्त्रणमा लिएको छ
श्रेष्ठले ल्याएको लागूऔषध सुनसरीस्थित धरान उपमहानगरपालीका–१५ का प्रकाश तामाङले मगाएको देखिएको पनि प्रहरीको दाबी छ। सोही आधारमा प्रहरीले तामाङलाई कलंकीमा श्रेष्ठलाई कुरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
पक्राउ परेका तिनैजना विरूद्व लागु औषध ऐनमा म्याद थप गरि अनुसन्धान सुरू गरिएको थानकोट प्रहरीले जनाएको छ ।