विप्लवका दलित मुक्ति मोर्चाका अध्यक्ष पक्राउ

फाइल तस्बिर

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् ।

विप्लव समूहको जिल्ला सदस्य समेत रहेका ४३ बर्षीय विकलाई मंगलबार उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

यसअघि पनि विकलाई राजद्रोह र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धा लागिसकेको छ ।

प्रकाशित मिति: : 2019-09-18 12:32:46

प्रतिकृया दिनुहोस्