बाढी पूर्वानुमान शाखाले आज (मंगलवार) र भोलि (बुधबार) देशका पूर्व देखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने नदीका तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ।
शाखाले कोसी, नारायणी, बागमती,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपुर बारा, पर्सा,चितवन, नवलपरासी,रूपन्देही, कपिलबस्तु र दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले तटिय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो।