महिलालाई यस्तो अनुहार भएका पुरूष बढी मन पर्छ !

सन् २०१९ मा महिलालाई सबैभन्दा बढी मन परेको अनुहार । तस्बिर : एजेन्सी

'सुन्दरता स्वयंमा सुन्दर वस्तुमा हुदैन, यो त हेर्ने आँखा र बुझने मनमा हुन्छ । '

सुन्दरताका बारेमा भनिएका हजारौ भनाइमध्ये धेरै प्रचलनमा रहेको भनाइ हो यो । धेरै कोणबाट जच्छ पनि यो ।

सुन्दरतासँग आकर्षण हुन्छ र यो चुम्वकको नियमजस्तै विपरित लिंगीहरूमा बढी काम लाग्छ । यद्यपि, हिजाआज समान लिंगीहरूमा पनि आकर्षण बढ्दो छ । 

आकर्षण धेरै कुराहरूमा निर्भर रहन्छ । यसमा सुन्दरता, स्मार्टनेस, उचाइ, आवाज, बानी-व्यवहार, प्रकृति, गुणजस्ता कुराहरू समावेश हुन्छन् ।

कसैप्रति आकर्षित हुनुको पछाडि जैविक कारण पनि हुने जीवशास्त्रीहरू बताउँछन् ।

यसैबीच, वैज्ञानिकहरूले पुरुषको एक किसिमको अनुहार महिलालाई सबभन्दा बढी आकर्षक लाग्ने कुरा पत्ता लगाएका छन् ।

यो पनि हेर्नुहोस् 
झोलेनी नाच

साइकोलोजिकल साइन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार महिलालाई चौडा अनुहार भएको पुरुष बढी मन पर्छ र उनीहरू त्यस्तो पुरुषसँग दोहोर्याएर भेट गर्न चाहन्छन् ।

तर, उनीहरूले लामो समयसम्म साथ रहन वा बिहे गर्नका लागि यस्ता पुरुषलाई मन पराउने होइनन् । चौडा अनुहार भएका पुरुषलाई उनीहरू छोटो समय चल्ने सम्बन्धका लागि मन पराउँछन् ।

‘हामीले वास्तविक जीवनको अध्ययन गर्दा के पायौं भने जम्मा तीन मिनेटको भेटघाटमा महिलाहरूले चौडा अनुहार भएका पुरुषलाई बढी आकर्षक माने र उससँग डेटमा जान चाहे ।’
क्याथरिन भ्यालेन्टाइन, प्राध्यापक- सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीकी

सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीकी मनोविज्ञान प्राध्यापक क्याथरिन भ्यालेन्टाइनले यो अध्ययन टोलीको नेतृत्व गरेकी हुन् । उनी भन्छिन्, ‘हामीले वास्तविक जीवनको अध्ययन गर्दा के पायौं भने जम्मा तीन मिनेटको भेटघाटमा महिलाहरूले चौडा अनुहार भएका पुरुषलाई बढी आकर्षक माने र उससँग डेटमा जान चाहे ।’

यो पनि हेर्नुहोस् 

फाँक नाच

महत्त्वपूर्ण कुरा त, पहिला भएका अध्ययनले चौडा अनुहार भएका पुरुष बढी जिद्दी, डोमिनेटिङ र रिसाहा हुने गरेको देखाएका थिए । आमनेसामने लडाईं पर्दा उनीहरूले जित्ने सम्भावना बढी हुने उनीहरूको स्वभाव बताइएको थियो ।

विशेषज्ञहरूका अनुसार छोटो समयको सम्बन्धमा प्रेम र भावनाभन्दा शरीरसुखले बढी महत्त्व राख्छ । चौडा अनुहार भएका मानिसमा आक्रमकता र बलियोपन देखिने भएकाले महिलाहरू यस्तो अनुहारलाई आकर्षक वा पुरुषत्वले भरिएको ठान्छन् । यस्ता अनुहार भएका पुरुषमा टेस्टोस्टेरोन नामक हार्मोन अलि बढी हुन्छ ।

प्रकाशित मिति: : 2019-09-14 09:47:24

प्रतिकृया दिनुहोस्